काठमाडौं । कतारबाट काठमाडौं आउन लागेका बलात्कार आरोपी राष्ट्रिय त्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान अवतरण हुन सकेको छैन ।खराब मौसमका कारण कतार एयरवेजको ६८४ नम्बरको जहाज आकाशमै फन्को मारिररहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
कम भिजिविीटीका कारण विमान आकाशमै घुमिरहेको छ । लामिछाने केही हप्ता अघिदेखि आफू काठमाडोै आउने तयारी रहेको जानकारी संँग आज काठमाडौं ओर्लदैं छन
उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लग्नेछ । शुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र त्यसपछि अनुसन्धानको प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।




