चितवन, २३ असोज ।
आइएसएमटी लक्की साँगीतिक साँझमा संचार उद्यमी नवीनराज पौडेल सम्मानित भएका छन् । पौडेललाई नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रदेश सांसद घनश्याम दाहाल र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन् ।
पौडेल विगत २२ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील छन् । युवा सञ्चार उद्यमी पौडेलले चितवनमा रहेर भरतपुर एफएम, भरतपुर पोष्ट, नवीन खबर डट कम, भरतपुर अनलाइन टी.भी. लगायतका सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् ।
पछिल्लो दशक विज्ञापनकर्मी भई काम गरेका पौडेलले हालसम्म एक हजार जति विज्ञापनको स्क्रिप्ट लेखिसकेका छन् । भरतपुर महानगरपालिका ४, सृष्टिचोकमा आफ्नै भवनबाट मिडिया हाउस सञ्चालन गरिरहेका पौडेलको रुचि राजनीति र समाजसेवामा समेत रहेको छ ।




