चितवन । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले चुनावी अभियानलाई गतिदिन थालेका छन । यही आउंँदो मंसीर ४ गते हुन गईरहेको संघीय निर्वाचनको लागि आफ्ना क्षेत्रमा पर्ने वडा भेटघाट अभियानलाई अघि बढाएका हुन् । बुधबार बिहानैदेखि उनले चियापसल, चौतारी, घरदैलो गर्दै मतदातालाई मत गर्न आग्रह गरेका छन । भेटघाटका कार्यक्रममा उनले मतदाता देखि आफ्ना पार्टीका सामान्य कार्यकर्तादेखि , अग्रज एवं व्यवसायी देखि समाजसेवीहरुसंँग पनि सुझाव र आर्शिवाद लिएका छन ।
श्रेष्ठले यज्ञपुरी चोक, भरतपुर वडा नम्बर ४, वडा नम्बर ७, बुद्ध चोक, लायन्सचोक लगायतका ठाउंँमा हरुका व्यवसायी मारवाडी समुदाय तथा वरिष्ठ समाजसेवी मैयादेवी, गौरी प्रधान लगायतसंँग राय , सल्लाह , सुझाव र प्रतिक्रिया लिएका थिए ।
सो क्रममा प्रतिक्रिया दिदै श्रेष्ठले आफू आफ्नो स्वार्थको लागि नभई देशको स्वार्थ र हितको लागि चुनावी मैदानमा होमिएको बताएका थिए । उनले आफूसंँग समृद्धिका योजना र खाका धेरै रहेको भन्दै मत दिएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । भेटघाटका क्रममा नागरिकले श्रेष्ठ जस्तो उम्मेद्वार चितवनले पाउनु अवसर र गौरवको बिषय रहेको भन्दै आफूले मत दिएर जिताउने वाचा गरेका थिए ।







