• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • महोत्तरी । बाबुको सहादतको सम्मानस्वरुप आपूmलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उहाँलाई मन थाम्न सकस पर्दा आँसु झरेका हुन् ।

    Advertisement

    “म त्यो सन्तान हुँ, जसले बाबुको काख पाइनँ”, दोसल्ला ओढेपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “बुवाको सहादत र आफ्नो जन्मको कुरा हजुरआमाले सुनाउँदा त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ ।” जीवनको संयोग पनि कस्तो ? पिता नेपाल प्रहरीका हवल्दार नरेश यादव तत्कालीन द्वन्द्वमा मारिदा त्यसै दिन रेखा यादवको कोखबाट जन्मेकी रामरतीको पहिलो रुवाइ घरमा गुञ्जेको थियो ।

    विसं २०५९ को भदौ २३ गते घरमा रामरती जन्मेकी खबर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी हवल्दार नरेशले सुन्न पाउनुभएन । बरु नरेश गोली लागेर ढल्नुभएको खबर घरका परिवारजनले केहीबेरपछि पाए । नरेशकी आमा जिरवादेवी यादव त्यो दिनको सम्झनाले भक्कानिनुहुन्छ ।

    “घरमा नातिनी जन्मी, यो खबर छोरालाई पु¥याउनै नपाइ ऊ (नरेश) यो दुनियाँमा नरहेको खबर आयो । नातिनीसँगै प्रहरी दिवस कार्यक्रममा सरिक हुन पुग्नुभएकी करिब ७५ वर्षीया जिरवादेवीले भन्नुभयो, “अब आँखामा आउने आँसु सुके, यै नातिनी (रामरती)लाई हेरेर चित्त बुझाउनु छ ।”

    नरेशको सहादतसँगै उसै दिन घरमा छोरी जन्माएकी रेखा यादवले पतिको नाउँमा प्राप्त हुने सुविधा हात पारेर अर्को बिहे गरेपछि रामरतीको भरणपोषण र शिक्षादीक्षाको जिम्मेवारी हजुरआमा जिरवाको काँधमा आइप¥यो । पढाइमा एसइई (दशौँ कक्षा, माध्यमिक शिक्षा परीक्षा)सम्म विभिन्न क्षेत्रबाट साथ पाएकी रामरतीले अबको अघिल्लो शिक्षा आफ्नै परिवारको वलबुताबाट गर्नुपर्ने भएको छ ।

    “आमा जवान हुनुहुन्थ्यो, अर्को बिहे गर्नुभयो, केही गुनासो छैन”, आमाले अर्को बिहे गरेको कुरामा चित्त दुखाइ नभएको बताउँदै रामरती भन्नुभयो, “ बुवाका नाउँमा प्राप्त सुविधामा भने मलाई पनि सम्झनुपथ्र्यो भन्ने लाग्छ ।”

    कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदयविदारक थिए । कार्यक्रममा विसं २०५९ कै भदौ २२ गते सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमणमा वीरगति प्राप्त गर्नुभएका प्रहरी जवान गौरी रायकी पत्नी जमुनादेवी रायले आफ्ना विलौना सुनाउँदा कार्यक्रमका सबै सहभागीका आँखा रसाए । महोत्तरीको मनराशिशवा–९ बथनाहाकी जमुनाले पतिको सहादतपछि तीन छोरा हुर्काए पनि अहिले सबै बेरोजगार हुँदा घरगुजाराको सङ्कट परेको बताउनुभएको थियो । यसैगरी कार्यक्रममा विसं २०६० चैत २२ गते धनुषाको यदुकुहास्थित इलाका प्रहरी कार्यालयमा माओवादी आक्रमणमा वीरगति प्राप्त गर्नुभएका प्रहरी जवान जलेश्वर–५ पर्सापतैलीकी पुनम राउतले पनि अमर प्रहरी परिवारको पारिवारिक अवस्थाबारे कार्यक्रममा बताउनुभएको थियो ।

    द्वन्द्वमा २३ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गर्नुभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ । कार्यक्रममा सबै अमर प्रहरी परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र प्रहरी नायब उपरीक्षक रवि रावलले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । समारोहमा पछिल्लो एक वर्ष अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका १२ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो । रासस

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.