चितवन, ६ कात्तिक ।
भरतपुर महानगरपालिका वडा नम्बर ७, बुद्धचोकमा आइतबारदेखि आदर्श सुपर स्टोर्सले कारोबार सुरु गरेको छ । भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि पौडेलले बुद्धचोकमा रहेको डिपार्टमेन्टल स्टोर्सको उद्घाटन गरेका हुन् ।
वडाध्यक्ष काफ्लेले पछिल्लो समय किनमेल सँस्कृतिको विकास भइरहेकोले मुख्य शहरदेखि भित्रका बजार क्षेत्रमा धमाधम सपिङ सेन्टर, मल, डिपार्टमेन्टल स्टोर खुल्न थालेको बताए । उनले वडाभित्र यस्ता स्टोर्स खुल्नाले उपभोक्तालाई वस्तु र सेवा छनौटको अवसर प्राप्त हुने विचार व्यक्त गरे ।
स्टोर्सका संचालक पवन अधिकारीले तीन करोड लगानीमा सुपर स्टोर्स संचालनमा ल्याइएको जानकारी दिए । उनले उपभोक्ताको आवश्यकता र चाहना अनुसार स्टोर्समा सामान थप्दै जाने बताए ।
अहिले स्टोर्समा दैनिक उपभोग्य वस्तु, मदिरा, भान्सामा प्रयोग हुने भाँडाकुँडालगायत बिक्रीका लागि राखिएको छ । संचालक अधिकारीका अनुसार स्टोर्समा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।




