• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • काठमाडौँ १७ कात्तिक 

    Advertisement

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

    राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    “मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ”, अध्यक्ष दाहालले भन्नुभयो, “यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ ।” आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उहाँले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताउनुभयो ।

    “नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ । अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो”, गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।”

    नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो । “संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङ¬्घीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ”, उहाँले भन्नुभयो, “आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।”

    गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताउनुभयो । कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

    चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उहाँको भनाइ थियो । “बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बूढीगण्डकी, दरौँदी, चेपे र मस्र्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी सङ्कलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ ।”

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभयो । आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकाङ्क्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गर्नुभयो । “लार्के–बेनिघाट र दूधपोखरी–देउराली सडक, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखकाली रबर उद्योग सञ्चालनसँगै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    गोरखा क्षेत्र नं २ (२)का उम्मेदवार सुरेन्द्र पाण्डेले संविधान, गणतन्त्र, सङ्घीयतामाथिको खतरा कायमै रहेकाले वाम–लोकतान्त्रिक गठबन्धन गरेर प्रतिगमनकारी शक्ति विरुद्ध निर्वाचनमा होमिनुपरेको बताउनुभयो । “मुलुकलाई पछाडि फर्काउने प्रवृत्तिले अझै पनि टाउको उठाइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि गठबन्धनका उम्मेदवारको विजय आवश्यक छ ।” सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीलाई बिर्सेर आसन्न निर्वाचनमा एक भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    गोरखा क्षेत्र नं १ (१) का उम्मेदवार कृष्ण धितालले जिल्लामा प्रतिस्पर्धी रहेका दलहरु एक भएर निर्वाचनमा होमिँदा जनतामा उत्साह पैदा भएको जनाउँदै आगामी दिनमा पनि जनअपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडकको स्तरोन्नति, ठूला परियोजना निर्माणमा सबै दल एक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

    क्षेत्र नं २ (१)का उम्मेदवार फणिन्द्र देवकोटाले हिजोका दिनमा व्यवस्था बदल्न एक भएका राजनीतिक दल अब देश र जनताको अवस्था बदल्न पनि एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयोे । गोरखा क्षेत्र नं १ (२) का उम्मेदवार नन्दप्रसाद न्यौपानेले जनअपेक्षा पूरा गर्न गठबन्धनका उम्मेदवारका रुपमा लागेकोे जनाउँदै नागरिकप्रति उत्तरदायी भएर सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    कांग्रेसका गण्डकी प्रदेशको महामन्त्री किरणबाबु श्रेष्ठले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन गरिएको बताउनुभयो । “प्राप्त उपलब्धिलाई ध्वस्त गर्ने प्रतिगामी प्रवृत्तिका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक भएको हो”, उहाँले भन्नुभयो, “गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व हो ।”

     

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.