चितवन, २६ कात्तिक ।
विश्व मधुमेह दिवस २०२२ को अवसर पारेर भरतपुरमा ‘वाकाथन’ को आयोजना हुने भएको छ । सामुदायिक चिकित्सा विभाग, पुरानो मेडिकल कलेजको आयोजनामा सोमबार कात्तिक २८ गते ब्लु सर्कल वाकाथन हुने भएको हो ।
नियमित हिँडौं, मधुमेह जितौं भन्ने नाराका साथ सचेतना जगाउन वाकाथन कार्यक्रम राखिएको डाक्टर प्रेरणा वंशालले जानकारी दिए । उनका अनुसार बिहान ६ः३० बजे कलेजबाट वाकाथन कार्यक्रम शुरु भई विरेन्द्र क्याम्पस, रमाइलोचोक हुँदै पुनः कलेजमा आएर समापन हुनेछ ।
वाकाथनमा पुरानो मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारी, चितवन मधुमेह समाजका प्रतिनिधि लगायतको सहभागिता रहने छ ।




