• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’


  •   शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
  • काठमाडौँ २९ पुस 

    Advertisement

    आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ ।

    कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ । गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ ।

    ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताउनुभयो ।

    सधन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ । “कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन । भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ । त्यस्ता आमाहरुको दूध अमृत कोषमा राख्ने गर्दछौँ”, डा उपाध्यायले भन्नुभयो, “जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन् । त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ ।” शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन् । अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन् ।

    बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ । भनिन्छ आमो दूध नै बच्चाको पहिलो खोप हो । छ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन । तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन् ।

    अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताउनुभयो । “नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर एक हजार जनामा २१ जना रहेको छ”, उहाँले भन्नुभयो, “बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराउँदै आएको छ । अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ ।”

    कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउन गरिएको थियो । उहाँले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताउनुहुन्छ । उहाँले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताउनुभयो ।

    नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ ।

    समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेको बच्चा, आमाको दूध राम्रोसँग दूध तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध खुवाउने गरिन्छ ।

    दैनिक दुई हजार ५०० सम्म सङ्कलन

    मिल्क बैंकमा पहिले दैनिक तीन सय ५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार ५०० मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ । दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार ५०० मिलिलिटरसम्म दूध बैंकमा जम्मा हुने गरेको प्रमुख कल्यसन्ट्यान्ट डा अधिकारीले बताउनुहुन्छ ।

    उहाँका अनुसार एक आमाले एक दिनमा दुई पटकसम्म बैकमा दूध जम्मा गर्ने गर्दछिन् । अस्पतालमा भर्ना भएकी अम्बिका बस्नेतले अहिलेसम्म सबैभन्दा बढी एकै चोटी दिनमा दुईपटक गरी एक सय ७० एमएल र एक सय ८० एमएल दिनुभएको अस्पतालसँग तथ्याङ्क रहेको छ ।

    एक बच्चालाई एक दिनमा न्यूनतम् ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ । दुई÷दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । औसतमा दैनिक सात÷आठ जना बच्चाका आमाले दूध मिल्क बैंकमा राख्ने गर्दछन् ।

    उहाँका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका समयमा नै नजन्मिएका, अशक्त बच्चा, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताउनुहुन्छ । “हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन । सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ ।” उहाँ कहिलेकाहीँ मात्र बाहिरबाट आमाहरुले दूध दान गर्न आउने गरेको बताउनुहुन्छ ।

    दूधलाई गरिन्छ निर्मलीकरण

    सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइने गरिन्छ । निर्मलीकरण गरिसकेपछि दूधलाई छ महिनासम्म खुवाउन मिल्ने डा उपाध्याय बताउनुहुन्छ । निर्मलीकरण गरिएको दूध माइनस २० डिग्री सेल्सियसमा राखिएकाले छ महिनासम्म बिग्रँदैन ।

    निर्मलीकरण भनेको दूधमा रहेको पौष्टिक तत्वलाई नबिग्रने गरी अरु किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो । बैंकमा जम्मा भएको दूधलाई ६२ डिग्री सेल्सियसमा तताइन्छ र उक्त तातेको दूधलाई चार डिग्रिसेल्सिएसमा झारेर निर्मलीकरण गरिन्छ । निर्मलीकरण गरेपछि दूधमा रहेको किटाणु मरेर जान्छ र दूध खानयोग्य हुन्छ ।

    निर्मलीकरण गरेपछि दूधमा किटाणु छ कि छैन भनेर परीक्षण गरिन्छ र किटाणु नभए बच्चालाई दूध खान दिइन्छ । उहाँले आफ्नै आमाको दूध बच्चालाई खुवाउने हो भने निर्मलीकरण आवश्यक नभएको बताउनुहुन्छ । अस्पतालले अहिले सङ्कलन गरिएको दूध हप्तामा दुई पटक निर्मलीकरण गर्ने गरेको छ । अस्पतालसँग निर्मलीकरण गर्ने मेसिन रहेको छ ।

    अझै अपुग दूध

    बैंकमा पर्याप्तमात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ । दैनिक चार हजार मिलिलिटर आवश्यक रहेको बैंकमा अहिले दुई हजार ५०० मिलिलिटर मात्र दूध सङ्कलन हुने गरेको छ ।

    अस्पतालका उपनिर्देशक डा उपाध्यायले अस्पतालमा भर्ना भएका शिशु सबैलाई दूध उपलब्ध गराउन नसकेको बताउनुभयो । “सबैलाई दूध उपलब्ध गराउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ”, उहाँले भन्नुभयो, “अहिले दूध चुस्न नसक्ने र आमाको दूध नआउने बच्चालाई मात्र दूध दिएका छौँ ।”

    यसरी सङ्कलन गरिन्छ

    बच्चालाई आमाले दूध खुवाएपछि बचेको दूध बैंकमा दान गर्न स्वास्थ्यकर्मीले परामर्श गर्नुहुन्छ । अस्पतालको प्रमुख कन्सल्यन्ट्यान्ट डा अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक श्ययामा गई शिशुका आमालाई बैंकमा दूध दान गर्न परामर्श गर्ने गरेको बताउनुभयो । “तपाईंको बच्चाले दूध खाइसक्यो अब बाँकी भएको दूध त्यो अरु दूध नआउने आमाको बच्चालाई खुवाउनु पर्दछ भन्ने सिकाउँछौँ । बच्चाको आमा दूध दान दिन तयार भएपछि मात्र भने दूध सङ्कलन गरिन्छ”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार पहिले पहिले तीन÷चार जनाले दूध दान गर्ने गरेकामा अहिले त्यो सङ्ख्या आठसम्म पुगेको छ । उहाँले छ वटा इलेक्टिक मेसिन र १२ वटा हातले दुहेर दूध सङ्कलन गरिन्छ । दूध दिने आमामा कुनै रोग छ कि छैन भनेर परीक्षण गरेपछि मात्रै आमा स्वस्थ्य भएमा दूध दान गर्न सक्छिन् ।

    सङ्कलन गरिएको दूध चिह्न लगाई डिपफ्रिजमा भण्डारण गरिन्छ । सङ्कलन गरिएको दूधलाई पुलिङ, त्यसपछि निर्मलीकरण र परीक्षण, फेरि चिह्न लगाई डिपफ्रिजमा राखिन्छ । निर्मलीकरण गरिएको दूध खानायोग्य भएपछि चिकित्सकको परामर्शमा वितरण गरिन्छ ।

    शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.