• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

उचित संरक्षण र प्रचार–प्रसार अभावले ओझेलमा ‘थन्थापमाई’


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • गलकोट ८ माघ

    Advertisement

    जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

    बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी, वडा नं ७ को जैदी र वडा नं ४ सर्कुवाको सीमा क्षेत्रमा अवस्थित रहेको थन्थापमाई मन्दिर बागलुङकै ऐतिहासिक धरोहरमध्येको एक भए पनि उचित संरक्षण र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ ।

    जङ्गलको बीचमा रहेको मन्दिरमा रहेका महत्वपूर्ण घण्ट तथा कलात्मक बस्तुसमेत हराइसकेको स्थानीयवासीको भनाइ छ । जैमिनी–१० राङ्खानी पाहीका टीकाराम शर्मा आचार्यका अनुसार २०–२५ वर्षअघि यहाँको घण्ट, मन्दिर तथा विभिन्न आकृतिका धातु चोरी भएपछि स्थानीयवासीकै पहलमा काँडेतार लगाएर सुरक्षित गरिएको छ ।

    “मन्दिरको गुठीको नाममा रहेको थुप्रै खेत छ, त्यसको कुनै खबर छैन, द्वन्द्वकालदेखि कसले कमाएको छ अत्तोपत्तो छैन, कति जग्गा मासिएको होला, मैले सुनेअनुसार यहाँको घण्टसमेत चोरी भएको थियो”, उहाँले भन्नुभयो, “पहिला संरक्षण भएको थिएन, अहिले केही मर्मतसम्भारसमेत भएको छ, जैमिनी नगरपालिकाले समेत रु २० लाख लागनी गरिसकेको छ, चुहिने छानो अहिले तामाले छाइएको छ तर समस्या भक्तालु घटेका छन्, हामीलाई प्रचार–प्रसारको खाँचो छ ।”

    जङ्गलभित्र मन्दिर भएका कारण शान्त वातावरणम छ भने हरियाली डाँडा धार्मिक पर्यटकीय गन्तव्य बन्ने भए पनि पछिल्लो समय मन्दिरको चर्चा सेलाउँदै गएको स्थानीयवासीको भनाइ छ ।

    भगवतीको मन्दिर भएकाले शक्तिसँग जोडिएको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ मानिस त्यहाँ पुग्छन् । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचार–प्रसारको अभावमा यो मन्दिर अहिले ओझेलमा छ ।

    बागलुङ दक्षिण भेगको महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको १८औँ शताब्दीमा स्थापना गरिएको मन्दिरको सम्भावना उजागर गर्नका लागि सरोकार निकायले ध्यान दिनुपर्ने स्थानीयवासी लीलबहादुर रानाले बताउनुभयो ।

    “केही नगरेको भने होइन, पदमार्ग, तारबार र खानेपानी लगायतका संरचना छन् तर पहिला टाढा–टाढाबाट भक्तजन आउने गरेका थिए, सवारीसाधनको पहुँच हुँदासमेत कम भक्तजन आउन थाले, प्रचार–प्रसारकै अभाव देखियो, नयाँ–नयाँ मठमन्दिरमा अहिले दर्शनार्थी पुग्छन् तर ऐतिहासिक शक्तिसँग जोडिएको मन्दिर अहिले ओझेल परेको छ”, उहाँले भन्नुभयो, “मन्दिरको मर्मतसम्भार भए पनि जीर्णोद्वार र प्रचार–प्रसारको काम बाँकी छ, जैमिनी नगरपालिकाले अझै यसमा धेरै काम गर्न आवश्यक छ ।”

    उक्त थन्थाप भवगती माईको मन्दिरमा हरेक मङ्गलबार विशेष पूजाआजा हुन्छ । बडादशैँ, चैतेदशैँलगायतका विशेष समयमा त त्यहाँ पुग्ने दर्शनार्थीको घुइँचो नै लाग्ने गरे पनि क्रमशः यसको महत्व बढ्दै जानुमा घट्दै गएको स्थानीयको भनाइ छ । मन्दिरको स्थापनाको ठ्याक्कै यकिन नभए पनि विसं १८६५ लेखिएको ताम्रपत्र भेटिएको उहाँले जानकारी दिनुभयो ।

    भुरे टाकुरे राजाको पालामा युद्ध धेरै हुने भएकाले शक्ति स्वरुपा भगवतीको मन्दिर त्यही बेला स्थापना भएको हुनसक्ने राना बताउनुहुन्छ । भगवतीको पूजा गर्नाले आँटेको पुग्ने र शक्ति स्वरुपा भएकाले उनको भाकलबाट युद्ध जितिने पनि विश्वास रहेकाले भुरेटाकुरे राजाले नै यहाँ यो मन्दिर स्थापना गरेको स्थानीयवासीको अनुमान छ । यहाँको हाँडीकोट, पुरानो गाउँलगायतका ठाउँमा पहिले राजा रहेको भन्ने एथेष्ट प्रमाण र पुरातत्व सामग्रीबाट प्रमाणित भइसकेको छ ।

    मन्दिरमा परेवा र बोकाका मात्र बलि दिइन्छ । पछिल्ला दिनमा जैमिनी नगरपालिका क्षेत्रबाट बसाइँ सरेर जानेको सङ्ख्या बढी भएकाले मन्दिरमा आउनेको सङ्ख्या कम भएको हो । मन्दिरको नाममा अर्जेवा, जैदी, बिनामारेमा गुठीका जग्गा भएको भन्ने सुने पनि अहिले जग्गाको अत्तोपत्तो छैन । ऐतिहासिक पक्षसँग जोडिएकाले थन्थाप भगवतीको मन्दिरको विकास र प्रचार–प्रसारका लागि जैमिनी नगरपालिकाले विशेष चासो दिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

    “अहिलेसम्म नगरपालिकासहित विभिन्न निकायबाट मन्दिरको संरक्षण र प्रवद्र्धनमा रु ७० लाख खर्च भइसकेको छ, यहाँको पुरानो योजनालाई विकसित गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हामी लागेका छौँ”, उहाँले भन्नुभयो, “गुठीका विषयमा जुन जग्गाको कुरा छ त्यो मालपोतले हेर्ने हो पालिकाले हेर्न मिल्दैन, हामीले धार्मिक पर्यटकीय गन्तव्य बनाउन कुनै कसर बाँकी राख्दैनौँ ।” उहाँले थन्थापमाई, कोतघर जहाँ तोपसमेत छ दुवैलाई एकैपटक विकास गर्ने गरी योजना बनाएको बताउनुभयो ।

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.