काठमाडौँ ८ पुस
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपपछि आफ्नो पहिलो खेलमा उत्कृष्ट खेल देखाएका छन् । मैत्रीपूर्ण खेलमा दुई गोल गरेका उनले खेलको प्लेयर अफ द म्याच समेत घोषित भए । तर, रोनाल्डो आफ्नो व्यक्तिगत जीवनमा समस्याको सामना गरिरहेका छन् । आफ्नो करियरको अन्त्यतिर, रोनाल्डो स्थायी रूपमा पोर्चुगल जाने तयारीमा छन् तर कुक पाउन सकेका छैनन् ।
रोनाल्डोले कुक नपाएको कारण उनको माग नै हो । रोनाल्डो र जर्जिना आफ्ना छोराछोरीसहित पोर्चुगलको नयाँ घरमा सर्ने तयारीमा छन् । यसका लागि, उनीहरूलाई पाेर्चुगलकाे खाना र अन्य अन्तर्राष्ट्रिय परिकारहरू पकाउन जान्ने शेफ (कुक) चाहिन्छ। त्यसमध्ये सुशी पनि एक हुन् । रोनाल्डोको यही मागका कारण उनले कुनै शेफ पाएका छैनन् । किनकी पोर्चुगलका सबै परिकारहरुसँगै विदेशी परिकारहरु कसरी बनाउन जान्ने मानिसहरु कमै छन् । रोनाल्डो आफ्नो शेफलाई मासिक ४५०० पाउण्ड तिर्न तयार छन् तर उनले कुनै शेफ पाएका छैनन् ।
पाँच पटकको बालोन डी’ओर विजेता आफ्नो उत्कृष्ट करियरको अन्तिम चरणको आनन्द लिइरहेका छन् र पोर्चुगलको क्विन्टा दा मारिन्हामा आफ्नो परिवारको लागि हवेली निर्माण गर्दैछन्। ३८ वर्षीय रोनाल्डोले सेप्टेम्बर २०२१ मा जग्गा किनेका थिए र उनको सपनाको घर जुन २०२३ सम्ममा पूरा हुने बताइएको छ। यसको मूल्य १७ मिलियन पाउण्ड रहेको बताइएको छ ।
रोनाल्डो गत महिना साउदी अरेबिया पुगेका थिए, जहाँ उनलाई न्यानो स्वागत गरिएको थियो। उनी साउदी अरेबियाको क्लब अल नासरसँग २.५ वर्षको सम्झौतामा आबद्ध भएका थिए । उनीसँगै उनकी प्रेमिका जर्जिना रोड्रिग्ज र उनीहरूका छोराछोरी पनि थिए। रोनाल्डो स्थायी बसोबासको खोजीमा छन् र उनको परिवार हाल रियादको फोर सिजन होटलमा सुइटमा बसिरहेको छ।
रोनाल्डोले अल नासरसँग अनुबन्ध गरेपछि रोनाल्डोले रियाद ११ को लागि पहिलो खेल खेलेका थिए। पीएसजी विरुद्धको मैत्रीपूर्ण खेलमा रोनाल्डोले दुई गोल गरे र खेलको उत्कृष्ट खेलाडी समेत बने । तर, उनको टोली ४-५ को अन्तरले पराजित भएको थियो । यस खेलमा लियोनल मेस्सी बाहेक किलियन एम्बाप्पे र नेयमार जस्ता स्टार खेलाडीले पनि पीएसजीबाट खेलिरहेका थिए ।एजेन्सी




