• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कफीको जातीय अनुवांशिक अनुसन्धानमा युरोपियन युनियनको सहयोग


  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • माघ । उत्तम कफीको जात पहिचान गरी नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा संचालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक सहयोगमा एक अध्ययन सम्पन्न भयो ।
    नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ ( म्ल्ब् क्भत्रगभलअष्लन) अध्ययन सहितको उक्त प्रतिवेदनआज काठमाडौंमा सार्वजनिक गरियो ।
    वातावरण , कफी खेती , कफी भित्र्याए पछिका अभ्यासहरू तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले
    कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकुलनमा प्रभाव पार्ने क्षमता तथा कार्वन
    फुटप्रिन्ट नियन्त्रण मलखादको प्रयोग प्रभावकारिता तथा तयारी कफी कपको गुणस्तर निर्णारण गर्छ ।

    Advertisement

    नेपाल बर्बोन कफीको देश भएको निर्क्योल गर्दै यस प्रतिवेदनले एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव दिएको छ।
    अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए ।
    नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट , कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ ।
    किसानहरूलाई कफीका विरूवाहरू वितरण गरिरहेका सारकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना विरूवाहरू संकलन गरिएका थिए ।
    यस अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिका मध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक पृष्ठभूमि रहेको देखिएको छ ।
    ‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकुल रहेकोले यस जातीकै आणवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकोले नेपालका लागि यो ठूलो जोखिम पनि हो,’ प्रतिवेदन अगाडि भन्छ ‘ ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो। ’ यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधता काम गरिरहेको देखाएको छ ।
    अध्ययनको क्रममा संकलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए । कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड ( मिश्रित ) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए ।

    यो अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो ।
    कफीका सरोकारवाला समुह तथा निकायहरूलाई नेपालमा कफीका जात र उत्पादन , उत्पादकत्व , गुणस्तर, रोजाइ , प्रवर्द्धनात्मक उपायहरू तथा रणनीतिहरूमा यिनीहरूको प्रभावबारे जानकारी दिन यस प्रतिवेदन संप्रेषण कार्यक्रमको आयोजना गरिएको हो ।
    नेपाल कृषि अनुसंधान परिषद (नार्क) वरिष्ट बैज्ञानिक जीत नारायण चौधरीले नेपालमा किसानले स्थानीय स्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारीक रूपमा कफीको जातको नामकारण नभएको अवस्थामा नेपालमा उपलव्ध भएका कफीका आणवांशिक जातका बारेमा पहिचान गर्न यो अनुसंधान गरिएको वताउनु भयो । उक्त अवसरमा युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमागरेको सहयोगबारे चर्चा गर्नुभएको थियो ।
    कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसंधान परिषद , कृषि तथा वन विश्व विद्यालय तथा नेपाल कफी उत्पादक संघ लगायत कफी क्षेत्रका प्रमुख सरोकारवाला निकायको उपस्थिति थियो ।

    इयु टिआइपीका बारेमा

    इयुको आर्थिक सहयोगमा संचालिन चार वर्षे इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी)
    सन् २०२० फेब्रुअरीमा भएको हो र यसले व्यापार तथा क्षेत्रिय एवं विश्व मूल्य श्रंखलामा सहभागिता बढाएर नेपाल सरकारलाई दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न एवं गरिबी घटाउन नेपाल सरकारलाई सहयोग गर्छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्धारा कार्यान्वयन भइरहेको यस परियोजनाले नेपालको कफी तथा पस्मिनाको मूल्य श्रृंखलाको दिगो तथा समावेशी विकासका लागि निर्यात केन्द्रित भइ सहयोग गर्छ ।

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.