• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

पहिरन चेत नभएका सरल नेता न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री


  •   बुधबार, माघ ११, २०७९ मा प्रकाशित
  • वेलिङ्टन११ माघ 
    न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित हुनुहुन्छ ।

    Advertisement

    चवालीस वर्षीय क्रिस हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उहाँले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताउनुभयो । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उहाँले बताउनुभयो । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ ।

    देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उहाँले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताउनुभएको थियो । विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुुनुहुन्थ्यो । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्नुहुन्छ । लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा पुग्नुभएको छ । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।

    श्रमिकक परिवारको पृष्ठभूमिका नयाँ प्रधानमन्त्रीले सुरक्षा र शिक्षाको जिम्मेवारी सम्हालेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाउनुभयो र सफलता पनि हासिल गर्नुभयो । तुलनात्मकरूपमा आफू निष्कपट, सबैलाई समान अवसर दिनुपर्ने समावेशी चरित्रको व्यक्ति भएको बताउँने उहाँ आफ्ना मातापिताले आफ्नो र आफ्ना दाजुको पालनपोषण एवम् शिक्षाका निम्ति कठोर परिश्रम गरेको उल्लेख गर्नुहुन्छ । उहाँको खानपानले आफ्ना साथीभाइ र समकक्षीको ध्यान आकर्षित गरेको प्रसङ्ग पनि रोचक छ । एकपटक हिप्किन्सका हाकिमले ‘हिप्किन्सलाई ससेज र डायट कोक भएपुग्छ’ भनेका थिए ।

    प्रधामन्त्रीका सम्भावित उम्मेदवार ठानिएकी न्यायमन्त्री किरी अलान हिप्किन्सलाई अविश्वसनीयरूपमा सबल नेता मान्नुहुन्छ । देशलाई हाँक्नसक्ने क्षमता भएको नेताका रूपमा उहाँ हिप्किन्सलाई चित्रण गर्नुहुन्छ । विगतमा उहाँले गरेका कामको समीक्षा गर्दै न्यायमन्त्रीले त्यसो भन्नुभएको हो ।

    साइकल चलाउन र फूलबारीमा काम गर्न रुचाउँने हिप्किन्सले संसद् जाँदा आफूले लगाउने लुगाले वस्त्रप्रतिको आफ्नो चेतना कमजोर भएको पत्रकारमाझ स्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री आर्डनले पदत्यागको घोषणा गरेपछि पत्रकारमाझ प्रस्तुत हुँदा उहाँले रङ खुईलिएको टोपी, कालो चस्मा र शरीरमा टम्म नमिलेको सर्ट लगाउनुभएको थियो ।

    राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गर्नुभएको थियो । सन् २००८ मा संसद् सदस्य हुनुअघि उहाँ शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो ।

    बुधबार, माघ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.