काठमाडौँ १९ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अपराह्न साढे ४ बजेका लागि सरेको छ ।पछिल्लो राजनीतिक घटनाक्रम र सरकारमा सहभागिताबारे निर्णय लिन ३ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा पछाडि सरेको हो ।
सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाएका थिए । लामिछानेको नागरिकता पुनः कायम भइसकेको छ । त्योसँगै उनलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गर्न अस्वीकार गरिरहेका छन् ।
यस्तो अवस्थामा सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने बताइएको छ ।




