काठमाडौँ २४ माघ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्।
गृहमन्त्रीको नियुक्ति तथा राष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति फागुन २५ गतेका लागि निर्धारण गरेको छ।




