काठमाडौं ११ फागुन
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहिबार बालकोटमा आयोजित ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचनका क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएको टिप्पणी गरेका हुन् । अहिलेको सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो,’–ओलीले भने ।
बिहीबार नै जन्मदिन मनाइरहेका ७२ औँ जन्मदिन मनाइरहेका ओलीले सम्बोधनका क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नभए बताए। साथै, जनयुद्ध दिवसमा दिइएको विदाले हिंसालाई अझै प्रोत्साहन गरेको उनको दाबी छ ।




