काठमाडौँ १५ फागुन
अभिनेता पूर्णविक्रम (पल) शाह आज (सोमबार) रिहा हुने भएका छन् ।नाबालिग यौन दुर्व्यवहारको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका शाह आज रिहा हुने भएका हुन् ।
आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले नाबालिग यौन दुर्व्यवहारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह आज रिहा हुने भएका हुन् ।




