दाङ –लुम्बिनी प्रदेशसभाको छैठौं बैठक बुधबार बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ।
बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन’ सम्बन्धी पत्रहरू पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्न, मुख्यमन्त्री लीला गिरीबाट मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश हुने, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीज्यूबाट स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश” सभामा पेश हुने कार्यसुचि रहेको छ।
यसैबीच सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका साना दुई दलले अझै निर्णय भइनसकेको बताएका छन्।नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको तर निर्णय भने नभएको बताए।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिने जनाएको छ।




