• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ ६ फागुन 

    Advertisement

    कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको टड्कारो खाँचो औँल्याउनुभएको छ ।

    प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को जिज्ञासामा उहाँले सङ्घले नीतिनियम तर्जुमा र अनुगमन, प्रदेशले बजेट कार्यक्रम निर्माण र बजेट विनियोजन तथा स्थानीय सरकारले कार्यक्रम कार्यान्वयन गर्ने पद्धति र ढाँचा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

    पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो, “तीन तहकै सरकारले रु ५० हजारसम्मका खुद्रा मसिना आयोजनामा आँखा लगाएको देख्छु, कर्णालीबाहेक सबै प्रदेशले बजेट बढाएका छन्, कर्णालीले भने आफ्नो ठूलो आम्दानी नभएको र केन्द्रमा भर पर्नुपर्ने भएकाले त्यसो गरेको हो ।”

    केन्द्रका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री, मन्त्री र राजनीतिज्ञमा राजनीति भनेको मुलुक बनाउन हो चार दिनका लागि हाली मुहाली, शान–शौकात देखाउने र पैसा कमाउन होइन भन्ने मानसिकता स्थापित नभएसम्म विकास र समृद्धिलाई अघि बढाउन कठिन रहेको उहाँको भनाइ थियो । उहाँले त्यसका लागि प्रदेश भनेको तल्लो तह र सौता हो भन्ने सोच त्याग्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    पूर्वमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सङ्घीयताको महत्वपूर्ण संयन्त्र र संस्था भन्ने सबैले बुझ्न सकेका खण्डमा अभ्यास निकै राम्रोसँग अघि बढाउन सकिन्छ । तर अहिले सङ्घीयताको अभ्यास गलत भइरहेको छ, भाषणमा मात्र कुरा भएको छ, अधिकार र साधनस्रोत हस्तान्तरण भएको छैन ।”

    कर्णाली प्रदेशका मुख्य दुई आयोजना कर्णाली र भेरी करिडोर सडक सञ्जालका लागि अहिले केन्द्रबाट वार्षिक पाँच–पाँच अर्ब छुट्याउने भने पछि यसक्षेत्रमा उत्पादन हुने बिजुलीबाट उठ्ने राजस्वले अरु प्रदेशलाई पनि सहयोग गर्न सक्ने उहाँको भनाइ छ । उहाँले कर्णालीमा पाइने दुर्लभ औषधिजन्य जडीबुटी र रैथाने बाली फापर, चिनो, कोदो प्रवद्र्धनका कार्यक्रममा पनि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

    पूर्वमुख्यमन्त्री शाहीले प्रदेशको भूगोल र जनताको आवश्यकता हेरी योजना बनाउने र कार्यक्रम छनोट हुनुपर्छ भन्नुभयो ।

    उहाँले भन्नुभयो, “केन्द्रले प्रदेशको क्षमता र योगदानको साटो मुख्यमन्त्री र मन्त्रीले मप्रति झुकाव राख्यो कि राखेन भनेर हेर्ने गलत सोच छ, प्रधानमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्रीलाई राखेर प्रदेशलाई कसरी प्रभावकारी बनाउने भनी नियमित गर्नुपर्ने अन्तर प्रदेश बैठक बस्न सकेको छैन, समस्या सुनिएको देखिन्न, केबल दबाब दिने काम मात्र भइरहेको छ ।”

    विगतमा केन्द्रीकृत राज्य प्रणालीले राम्रो गर्न सकेन भनेर आफ्नो क्षेत्रमा सरकार आफैँ चलाओस् भन्ने दृष्टिकोणबाट प्रदेशसहितको सङ्घीयता अपनाइएको उहाँको भनाइ छ । पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले स्थानीय आवश्यकता र स्रोतको पहिचानका आधारमा विकास निर्माण र समृद्धिका कार्यक्रम अघि बढाउन सक्नुपर्छ भन्नुभयो ।

    एक प्रसङ्गमा उहाँले भन्नुभयो, “मुलुकका सातै प्रदेशले आ–आफ्नो सम्भाव्यता र आवश्यकताका आधारमा विकास र समृद्धिका योजना कार्यान्वयनमा ल्याएको खण्डमा सङ्घलाई स्वतः राम्रो हुनेछ । कर्णाली प्रदेशको प्राथमिकताको आवश्यकता स्वास्थ्य र बाटो हो भने मधेश प्रदेशको शिक्षा हुन सक्छ । त्यो उसको जिम्मेवारीको कार्य हो ।”

    तीन तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य नहुने हो भने जनताको आवश्यकता सम्बोधन अनि विकास र समृद्धिलाई कसरी अघि बढाउन सकिएला भनी प्रश्न गर्दै पूर्वमुख्यमन्त्री शाहीले मुलुकको प्रगति र समृद्धिको संवाहक भनेकै प्रदेश सरकार भएको दाबी गर्नुभयो ।

    उहाँले सङ्घीय निजामती ऐन ल्याउनमा भएको ढिलाइ र प्रदेशको एकल अधिकारको सूचीमा रहेको प्रहरी समायोजन नहुँदा निकै अप्ठ्यारो परिरहेको घटना सुनाउँनुभयो । उहाँले भन्नुभयो, “डण्डा आफ्नो हातमा राख्ने अनि प्रदेशलाई दोष दिन पाइन्छ ? सङ्घले कर्मचारी पनि नखटाउने, अधिकार र स्रोत नदिएपछि कसरी काम गर्न सकिन्छ ।”

    प्रदेश मन्त्रालयमा सचिव कम्तीमा एक वर्ष रहने व्यवस्था हुन अन्यन्त जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पाँच वर्षमा प्रदेश आन्तरिक मामिलामा १२ जना सचिव फेरिएको अवस्था छ, त्यो रोकिन आवश्यक छ भन्नुभयो । पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो, “मन्त्रालयका सचिवसम्मका कर्मचारी प्रदेशले भर्ना गर्न पाउने निर्णय प्रदेशलाई दिनुपर्छ । हामीलाई अनुकूल हुनेगरी मात्र चल भन्ने सोच केन्द्रबाट त्याग्नुप¥यो ।”

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.