• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयको विरोध


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • भोजपुर १९ चैत 

    Advertisement

    सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

    ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् ।

    सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर–५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताए । ‘सडक कालोपत्रेको काममा लापरबाही गरिएको छ’, उनले भने, ‘कामलाई गुणस्तरीय ढङ्गले गर्न भन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्रा हालेको अवस्था छ ।’

    सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरीकनै कालोपत्र थालिएको उनले बताए । कालोपत्र गर्नुअघि बिछ्याएको बेससमेत गुणस्तरहीन रहेको उनको भनाइ छ । ‘राज्यको पैसाको दुरुपयोग भएको छ । निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम अघि बढाएको देखिन्छ’, उनले भने, ‘निर्माण क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्र थालिएको छ । बिछ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ । यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौँ ।’

    स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासनले उक्त सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जीनियरसहित सडक अनुगमनमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । अनुगमनका क्रममा स्थानीयवासीले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उनले बताए । ‘काम गुणस्तरहीन भएको स्थानीयवासीको गुनासोपछि मैले दुईपटक अनुगमन गरेँ’, उनले भने, ‘अनुगमन गर्दा स्थानीयवासी भनेझैँ सडकमा राम्रो कम भएको देखिएन । राज्यको रकम सही ढङ्गले सदुपयोग हुनुपर्छ । स्थानीय नागरिकले उठाएको सवाल उचित छ । सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।’

    अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोशित भएको जनाइएको छ । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ ।

    निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायत मर्मत नगरी कालोपत्र हालेको देखिएको छ । कामलाई गुणस्तर तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इञ्जीनियरहरूले बताएका छन् । सवबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इञ्जीनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भनेजस्तो गुणस्तरहीन काम नभएको इञ्जीनियर आरएन सुवेदीले बताए ।

    ‘आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ’, उनले भने, ‘हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौँ । यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौँ ।’

    सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत नेपाल सरकारको भ्याटसहित नौ करोड ७२ लाख १७ हजार पाँच सय ३४ रुपैयाँ लागतमा कालोपत्र थालिएको हो । रौताहा–रामसागर विल्डर्स जेभी काठमाडौंले २०७८ भदौमा सम्पन्न गर्ने गरी काम जिम्मा लिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.