काठमाडौं २९ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक ५ घण्टाका लागि सरेको छ। बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक आज दिउँसो २ बजेसम्मका लागि सरेको हो।
केही केन्द्रीय सदस्य उपत्यका बाहिर रहेकाले बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। ‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको हो, अरू कुनै कारण छैन,’ उनले भने।
रास्वपाका सभापति रवि लामिछानेसहित अधिकांश केन्द्रीय सदस्य उपनिर्वाचन प्रचारप्रसारका लागि उपत्यका बाहिर रहेकाले निर्धारित समयमै बैठक बस्न नसकेको हो। आजको केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले जानकारी दिए।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि रास्वपाले आज सांसद श्रेष्ठबारे निर्णय लिन लागेको हो।




