चितवन ४ बैशाख
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।




