• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै


  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • लुम्बिनी ६ वैशाख

    Advertisement

    लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उहाँले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुप¥यो ।

    घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा बैंकले हटाएपछि भाडाको कोठामा बस्नुपरेको दुखेसो पोख्नुभयो । गुजारा चलाउन उहाँको परिवारलाई मागेर खानुको विकल्प छैन ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बस्ने स्व असगर मुसलमानका दुई छोराको हाल पनि उस्तै छ । तत्कालीन लुम्बिनी विकास समितिले सस्तोमा घरजग्गा अधिग्रहण गरेपछि त्यस रकमले उहाँले अर्को किन्न सक्नुभएन । परिवार पाल्न छोराहरुलाई वैदेशिक रोजगारमा पठाउनुपर्ने बाध्यता छ । “बाजे घुरे कहारले अधिग्रहणमा परेको पूरै डेढ बिघा घरजग्गाबापत पाउनुभएको रु आठ हजारबाट अर्को जोड्न सक्नुभएन”, वडा नं १० का अध्यक्ष विनोद कहारले भन्नुभयो, “अधिग्रहणपछि प्राप्त भएको पैसा सबै फजुल खर्चमै सकियो, हामी छोरानातिले पेट पाल्न लुम्बिनीमै मजदुरी गर्नुप¥यो ।”

    तत्कालीन लुम्बिनी बजार, हडहवा, मध्यनगर, कृतिपुर, बिचौवापुर, हरनामपुर, पर्सालगायत सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित भयो । सयौँ परिवार घरबारविहीन भए । तर समिति (हालको लुम्बिनी विकास कोष) ले चलनचल्तीको मुआब्जा पनि नदिएको विस्थापित परिवारका एपी चौधरीले बताउनुभयो । कोषले अब्बल खेत प्रतिबिघा सात हजार, दोयम छ हजार पाँच सय तथा सिम चहारको छ हजार रुपैयाँ मुआब्जा दिएको तथ्याङ्क छ ।

    अधिग्रहण गरिएका एक हजार एक सय ५५ बिघामध्ये एक हजार एक सय पाँच बिघा १४ कट्ठा ११ धुरको ७४ लाख सात हजार आठ सय ६२ रूपैयाँ छ पैसा मुआब्जा वितरण भएको देखिन्छ । कोषका प्रमुख सूचना अधिकृत हरिध्वज राईका अनुसार तत्कालीन मध्यनगर गाउँका जमिन्दार काशिप्रसाद श्रीवास्तवलगायत केही व्यक्तिले हालसम्म पनि जग्गाको मुआब्जा बुझेका छैनन् । उहाँले भन्नुभयो, “४९ बिघा पाँच कट्ठा नौ धुर जग्गाको मुआब्जा लुम्बिनीवासीले बुझेका छैनन् ।” पछि लोकदर्शन बज्राचार्य नेतृत्वको तत्कालीन लुम्बिनी विकास समितिले विस्थापितका लागि एक परिवार एक रोजगारको प्रलोभन दिएको थियो ।

    भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकासक्रमले गति लिँदै गर्दा लुम्बिनीभित्र लुम्बिनीवासीको खोजी हुनुपर्ने आवाज उठिरहेको छ । पर्यटन व्यवसायी हुसेनी लोधले भन्नुभयो, “लुम्बिनीको पहिचानसँगै प्राचीन इतिहास र गाथा जोडिएकाले विस्थापित लुम्बिनीवासीलाई व्यवस्थित गर्नुपर्ने समयको पनि माग हो ।” विसं २०३० मा लुम्बिनी विकास परियोजना र २०३६ सालमा तत्कालीन लुम्बिनी विकास समितिले जग्गा अधिग्रहणको काम सुरु गरेको थियो । उहाँले भन्नुभयो, “बुद्ध संस्कृतिको प्रचारप्रसार विश्वभरि भइरहँदा उहाँकै जन्मस्थलबाट विस्थापित बासिन्दाबारे सोधखोज र अध्यावधिक अभिलेख छैन ।”

    उचित मुआब्जा माग गर्दा प्रहरीले तीनपटक थुनेर यातना दिएको सम्झँदै तत्कालीन लुम्बिनीवासी हाल शुद्धोधन गाउँपालिका कपिलवस्तु निवर्तमान अध्यक्ष निसार अहमद खाँ भन्नुहुन्छ, “सँगै जन्मे–हुर्केका साथीलाई भेट्न र चिन्न गाह्रो भयो, करिब २४ वर्षको हुँदा म लुम्बिनीबाट लखेटिएको हुँ ।” विस्थापितलाई बेवास्ता गरेर यहाँको संंस्कृति र सभ्यता नजोगिने भन्दै उहाँ भन्नुहुन्छ, “लुम्बिनी विकास कोषले विस्थापितलाई गुरुयोजना अन्तर्गतको लुम्बिनी ग्राम क्षेत्रभित्र स्थापित गराउन सके लुम्बिनीको पहिचान बचाउन सकिन्थ्यो ।”

    सन् १९९२–१९९६ को उत्खननबाट बुद्धजन्म स्मारक शिला (मार्कर स्टोन) फेला परेपछि युनेस्कोले १९९७ मा लुम्बिनीलाई धार्मिक तथा सांस्कृतिक विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । यसले पनि लुम्बिनी धार्मिक र आध्यात्मिक महत्वको मात्र नभई सांस्कृतिक रुपले महत्वपूर्ण सहर भएको पुष्टि गर्छ । राजा महेन्द्रले विसं २००८ मा लुम्बिनीको विकासका लागि लुम्बिनी प्रबन्धक समिति गठन गरेका थिए ।

    सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उत्थान्तको लुम्बिनी भ्रमणपछि मात्र यसको विकासले गति लिएको हो । तत्कालीन महासचिव उत्थान्तको लुम्बिनी भ्रमणपछि सरकारले २०२६ सालमा लुम्बिनी विकास परियोजना गठन गरेको थियो । सो परियोजनाले २०३० सालमा पहिलोपटक जग्गा अधिग्रहणको काम थालनी गरे पनि उल्लेखनीय काम गर्न पाएन । उत्थान्तकै पहलमा जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७३–१९७८ (विसं २०२९–२०३४) मा लुम्बिनी गुरुयोजनाको खाका तयार पारेका थिए । पछि २०३४ सालमा प्रो.टाङ्गेद्वारा लुम्बिनी विकास गुरुयोजनाको खाका तयार भएपछि सरकारले २०३५ सालमा लुम्बिनी विकास समिति गठन गरेको थियो ।

    लोकदर्शन बज्राचार्यको नेतृत्वमा गठन भएको लुम्बिनी विकास समितिले लुम्बिनी विकास गुरुयोजनाले तोकेको क्षेत्रमा जग्गा अधिग्रहणको काम २०४१ सालमा सम्पन्न गरेको थियो । करिब छ वर्षको अवधिमा समितिले जग्गा अधिग्रहणका सबै काम सम्पन्न गरेपछि २०४२ सालमा लुम्बिनी विकास कोष गठन भएको थियो । लुम्बिनी विकास समितिले हालको लुम्बिनी विकास कोष क्षेत्रभित्र रहेको एक हजार एक सय ५५ बिघा जमिन अधिग्रहण गरेको थियो ।
    बुद्ध धर्मावलम्बी तथा लुम्बिनी चौघेरालाई मात्र प्रोत्साहित गरेर लुम्बिनीको सर्वाङ्गीण विकास सम्भव नभएको दाबी गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भन्नुभयो, “विस्थापित परिवारको पहिचान गरी आर्थिक रुपले विपन्नताको वरियताक्रमअनुसार लुम्बिनी क्षेत्रमै पुनस्र्थापनका लागि योग्यता र दक्षताका आधारमा रोजगारीको प्रबन्ध मिलाउन सके मात्र सुन्दर, समृद्ध र सांस्कृतिक पहिचानयुक्त लुम्बिनीको परिकल्पना सम्भव छ ।”

    लुम्बिनीका धार्मिक, पुरातात्विक तथा ऐतिहासिक धरोहरका अवैतनिक संरक्षकहरुको जग्गा अधिग्रहण सुरु भएको ५० वर्ष पुग्न लाग्यो । बुद्ध जन्मस्थलको विकासका लागि भन्दै लुम्बिनी विकास परियोजनाले २०३० सालमा मायादेवी मन्दिर वरिपरिको एकसय बिघा जग्गा अधिग्रहण गर्दा तत्कालीन लुम्बिनी गाउँ विस्थापित भएको थियो । विसं २०३६ मा लुम्बिनी विकास समितिले एक हजार ५५ बिघा अधिग्रहण गर्दा विस्थापित लुम्बिनीवासी कहाँ र कुन अवस्थामा छन्, लेखाजोखा छैन ।

    “घर जग्गा अधिग्रहण सुरु भएको ५० वर्ष हुन लाग्दा पनि न त लुम्बिनी विकासको गुरुयोजना पूरा हुन सक्यो, न स्थानीयवासीको स्तर नै उठ्न सक्यो”, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमानले भन्नुभयो, “स्थानीयवासीका लागि लुम्बिनी विकास कोष र यसको गुरुयोजना ललिपप जस्तै भएको छ ।” विस्थापितको विस्तृत अभिलेख राखेर व्यवस्थापन र संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई दिए मात्र लुम्बिनीलाई सुन्दर र समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले घर जग्गा अधिग्रहण भएर विस्थापित भएका तत्कालीन लुम्बिनीवासीको पहिचान गरी रोजगारीका लागि पहल गर्ने सांचका साथ कोषको बोर्ड बैठकमा पटक–पटक कुरा उठेको बताउनुहुन्छ ।

    प्रो.टाङ्गेले सन् १९७८ मा बनाउनुभएको लुम्बिनी विकासको गुरुयोजनामा नयाँ सहरको निर्माण, ऐतिहासिक स्थलहरूको पुनर्निर्माण, नयाँ पार्क र बगैँचाको निर्माण, मोनोरेल निर्माण (इलेक्ट्रिक ट्रान्सपोर्ट रुट), र पर्यटन पूर्वाधार विकास रहेको छ । गुरुयोजना कार्यान्वयन सुरु भएदेखि केही आयोजना सम्पन्न भएका छन् भने कतिपयको काम जारी पनि छ । तीन वर्ग माइलको लुम्बिनी गुरुयोजनालाई तीन खण्डमा विभाजन गरी विकास निर्माणको काम अघि बढेको छ ।

    भगवान् बुद्धको जन्मस्थल मायादेवी मन्दिरको जीर्णोद्धार र अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्रमा केही निर्माण कार्य सम्पन्न भएको छ । अर्कोतर्फ लुम्बिनी नलेज एन्ड आइटी भिलेजको विकास र मोनोरेल प्रणाली निर्माणको काम अझै जारी छ । बजेट अभाव, राजनीतिक अस्थिरताजस्ता कारणले गुरुयोजनाको कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको छैन ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.