तनहुँ ७ बैशाख
वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएको छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएको मत सर्वेक्षण अनुसार मिश्रित परिणाम आउने भएको हो ।
चर्चामा रहेको तनहुँ १ मा नेपाली कांग्रेसले नै जित कायम गर्ने देखिन्छ । तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएको छ । यसअघि कांग्रेसले जितेको सो क्षेत्रमा भट्टराईको पक्षमा मतदाताको सेन्टिमेन्ट देखिएको छ । २ हजार २ सय ३० मतदातासँग गरिएको सर्वेक्षणमा ९ सय ६० ले रूखमा मत दिने बताए भने ५ सय ७५ ले घण्टी र ४ सय ५० मतदाताले सुर्य चिन्हमा मत दिने बताए। त्यस्तै ४५ जनाले अन्य अथवा कसलाई मतदान दिने प्रष्ट भइनसकेको प्रतिक्रिया जनाए। विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ । तनहुँमा एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन् ।
तनहुँ क्षेत्र नंम्बर १ पहिलाबाटै कांग्रेसको गड मानिन्छ ।स्थानिय तहमा समेत गठबन्धन बिजयी भएकोले पनि गड भत्किने सम्भावना कम देखिन्छ स्थानिय कांग्रेस युवा नेता रेशम गुरूङ भन्छन् –हामी ८–१० हजार मतले जित्छौ ढुक्क हुनुहोस् ।
यस क्षेत्र भित्र ब्यास नगरपालीका,बन्दिपुर नगरपालिका,भानु नगरपालिका,आबुखैरेनी गाउँपालिका,देबघाट गाउँपालिका पर्छन ्।
बन्दिपुरका स्थानिय उद्यमी सुबोध अधिकारी गोबिन्द भट्टराई भुमिपुत्र भएकोले मात्र होईन आजसम्म पदमा नपुगि जनताको सेवा गरेकोले यहाँका महिलाको थाप्लोबाट डोको नाम्लो हटाउने अभियान्ता भएकोले जित सुनिश्चित भएको बताउछन्।




