तनहुँ ८ बैशाख
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। दमौली बजारमा पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कार अज्ञात समूहले गएराति तोडफोड गरिएको हो ।कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।
गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो। इन्सपेक्टर वि.कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेकाे र गाडिको साइडसाइडका सिसा फुटेको जानकारी दिए।




