पाल्पा१० वैशाख
बुटवलबाट बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान पाल्पामा दुघटनाग्रस्त भएको छ ।लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
‘बस दुर्घटना भएको जानकारी पाएपछि रेस्क्युको लागि प्रहरी पुगिसकेको छ । केही घाइतेलाई उद्दार गरी लुम्बिनीमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा सेना पनि पुग्दैछ,’ प्रजिअ बास्ताोला भने ।
बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।




