भरतपुर ११ वैशाख
भरतपुर- चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान सर्वदलीय बैठक बसिरहेको छ।बैठक चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा केहीबेर अगाडिबाट बसिरहेको हो। मतगणना पनि साेही केन्द्रमा हुनेछ।
बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ।




