• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

घट्टकै भरमा चल्दछ दैनिकी


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • रेसुङ्गा १२ वैशाख 

    Advertisement

    पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।

    जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ ।

    मालिकाको ह्वाङ्दी क्षेत्रमा हालसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन् ।

    स्थानीय पानी घट्ट सञ्चालक धनवीर घर्तीले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताउनुभयो । “पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ ।” पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उहाँले बताउनुभएको छ ।

    स्थानीयवासी उपभोक्ता यमबहादुर विकले पानी घट्ट गरिबीको सारथी बनेको बताउनुभयो । कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उहाँ बताउनुहुन्छ । “हामीले पुराना प्रविधिलाई जोगाएका छौँ”, उहाँ भन्नुहुन्छ, “हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन् ।” उहाँले आफूहरूकै सीपबाट घट्ट बनाएको बताउनुभयो । आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने विकले बताउनुभएको छ ।

    मालिकाको यस क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ । यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन् । यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताउनुहुन्छ ।

    स्थानीय उपभोक्ता ८४ वर्षीया दिलमाया घर्तिमगर आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताउनुहुन्छ । उहाँले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गर्नुभयो । “पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन्”, उहाँ भन्नुहुन्छ, “हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ ।” उहाँ उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाउनुभएको छ ।

    अर्का स्थानीय उपभोक्ता ७७ वर्षीया देउमती घर्तीले पानी घट्ट सस्तो, अन्न ढिलोसम्म टिक्ने र स्वादिष्ट हुने बताउनुहुन्छ । अनेत्र बिजुली र बाटो पुगेर विकास भएपछि पानी घट्ट हराएको उहाँले स्मरण गराउनुभयो । “विकास भएपछि पुराना प्रविधि हराउँदै जाने रहेछन्”, उहाँले भन्नुभयो, “यहाँ विकट भएर घट्ट रहे पनि पछिसम्म टिकाउनुपर्छ ।”

    ह्वाङ्दी क्षेत्रका स्थानीवासी पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताउनुहुन्छ । बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ । साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ ।

    स्थानीय उपभोक्ता टोपबहादुर घर्तीले घट्टमा पिसेका मकै, कोदो र गहुँ लामो समयसम्म राख्दा पनि निकै स्वादिष्ट हुने बताउनुभयो । “घट्टमा पिस्दा निकै सस्तो र स्वादिष्ट हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिभन्दा आफैँले बनाएको घट्ट लाभदायी हुनेगर्दछ ।” उहाँले घट्टमा पिसेको पीठो खाना निकै मीठो हुने बताउनुहुन्छ ।

    अर्का स्थानीय विष्णुबहादुर घर्तीले पनि पानी घट्टमा पिसेको अन्नपातलाई अहिलेका आधुनिक मिलसम्म तुलना गर्न नसकिने बताउनुहुन्छ । घट्टमा पिसेर लामो समय राख्दा पनि किराहरु नलाग्ने उहाँले बताउनुभयो । “घट्टमा पिस्दा आर्थिक भार बढ्ने कुरा भएन”, उहाँले भन्नुभयो, “स्वास्थ्यका लागि पनि अन्नपात निकै लाभदायक हुन्छ ।” उहाँले सकेसम्म घट्टमा पिसेको अन्नपात प्रयोग गर्नु राम्रो हुने बताउनुभयो ।

    स्थानीय घट्ट सञ्चालक सुन्तले विकले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गर्नुभयो । “पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ ।” पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उहाँले बताउनुभयो । तुलानात्मक रुपमा हेर्दा पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ ।

    स्थानीय उपभोक्ता रेखा खड्काले पानी घट्टलाई पछिल्लो पछिल्लो पुस्तासम्म निरन्तर टिकाइराख्न आवश्यक रहेको बताउनुभयो । तर, दिगो सञ्चालनका लागि कसैले ध्यान नदिँदा पानी घट्ट विस्थापित हुने चिन्तामा खड्का हुनुहुन्छ । “बिजुली मिलमा महँगो पर्छ र अन्न छिट्टै बिग्रन्छ”, उहाँ भन्नुहुन्छ, “पानी अभावले घट्ट हराउने चिन्ता हामीमा छ ।” पानीका मुहान सुक्दै गएकाले अन्य मूलको पानी मिसावट गरेमा मात्र घट्ट निरन्तर चल्ने सक्ने उहाँको भनाइ छ ।

    मालिकाको यस क्षेत्रमा बिजुली नपुग्दा समस्या छ । बिजुली आएपछि विकासका आयाम फेरिने आशामा स्थानीयवासी हुनुहुन्छ । तर, बिजुली नआउँदा अन्य प्रविधि भित्र्याउन नसकेपछि पानी घट्टको बाध्यता कायम रहेको हो । बिजुली नआउँदा आफूहरू अन्धकारमा बस्नुपरेको स्थानीय पुतली विकले बताउनुभयो । “बिजुली नहुँदा अन्य विकास पनि भएन”, उहाँ भन्नुहुन्छ, “पानी घट्ट राम्रो हो तर हाम्रो बाध्यता पनि हो ।” उहाँले पानी घट्टलाई जोगाइराखेर अरू विकास हुन जरुरी रहेको बताउनुभयो ।

    अर्का स्थानीय मुगा विकले पनि दलित र जनजाति बस्ती भएकाले पछाडि परेको बताउनुभयो । आफूहरूलाई खानेपानीको समेत अभाव भएको उहाँले गुनासो गर्नुभयो । पानी घट्ट सञ्चालन गर्नु बाध्यता भएको भन्दै उहाँले सहज बिजुली र बाटोको पहुँच हुनुपर्ने बताउनुभएको छ । विकास भएपछि व्यवस्थित तरिकाले पानी घट्ट चलाउने उहाँको भनाइ छ ।

    स्थानीय घट्ट सञ्चालकले पानी घट्टको संरचना सुधारको माग गर्नुभएको छ । सञ्चालक धनवीर घर्तिमगर, टोपबहादुर घर्तिमगर र सुन्तले विकले घट्टको संरचना सुधार गर्नुपर्ने माग गर्नुभयो । “खरको छानामुनि निकै जीर्ण संरचनामा घट्ट सञ्चालन छ”, उहाँहरू भन्नुहुन्छ, “यसको सुधार हामीलाई आवश्यक छ ।” उहाँहरुले संरचना सुधार भएमा सहजता हुने बताउनुभयो ।

    मालिकाको ह्वाङ्दी क्षेत्रका एक सय १० घरधुरीका एक हजार सात सय परिवार सदस्य पानी घट्टको भरमा छन् । यस वडामा अहिले पनि छवटा पानी घट्ट सञ्चालनमा छन् । विकासका अन्य आयाममा परिर्वतन नहुँदा पानी घट्टको प्रयोग कायमै छ । यहाँ नागरिक मुख्यगरी बिजुली, सडक र पानीको अभावमा बल्झिरहेका छन् । यसमा हालसम्म स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।

    मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पानी घट्टलाई पछिल्लो पुस्तासम्म देखाइराख्नुपर्ने बताउनुहुन्छ । उहाँले गाउँपालिकाका अन्य वडामा पनि पानी घट्टका लागि बजेट विनियोजन गरेर व्यवस्थित गरिने बताउनुभयो । “दुर्गम बस्तीमा विकासका पूर्वाधार पु¥याउन हामी लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “विकासका साथसाथै परम्परागत पानी घट्टलाई पनि टिकाउँछौँ ।” अघिल्ला पुस्तादेखि सञ्चालनमा रहिआएका पानी घट्टलाई सङ्ग्रहालयका रुपमा राखेर भए पनि पछिल्ला पुस्तालाई देखाउने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.