काठमाडौँ १२ वैशाख
प्रतिनिधिसभा उपचुनाव अन्तर्गत चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने विजयी भएका छन्। रविले ५४ हजार २७६ मत ल्याएका हुन्। लामिछानका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग ४३ हजार २५ मतान्तर छ।
श्रेष्ठले ११ हजार १५१ र एमालेका रामप्रसाद न्यौपाले १० हजार ९ सय ३५ मत प्राप्त गरे।
रविले मंसिर ४ को निर्वाचनमा भन्दा पनि धेरै मत पाएर चुनाव जितेका हुन्। मंसिर ४ मा रविले प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतले पराजित गरेका थिए।




