• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • रौतहट २५ जेठ

    Advertisement

    धर्मेन्द्र झा र कृष्ण अधिकारी

    “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भन्नुभयो । उहाँको भनाइ थियो । प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो । पछि अर्को तथ्य फेला प¥यो र यसको इतिहास कर्नाटकालसँग जोडियो । अहिले त यो कर्नाटकालभन्दा पनि प्राचीन हो भन्ने विभिन्न तथ्यहरु उजागर हुँदैछ ।

    जानकारहरुका अनुसार यस मन्दिर र वरपरको क्षेत्रको उत्खनन् गरी पुरातात्विक अध्ययन अनुसन्धानले पूर्णता पाए विगतको सिम्रौनगढ राज्यको मात्र होइन, नेपालकै इतिहासमा नयाँ ढङ्गले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । उनीहरुका अनुसार यो मन्दिर १०औँ शताब्दी वरपरको हुनसक्ने अनुमान छ । यसको उत्खनन र संरक्षण राज्यबाटै हुनुपर्ने र यसलाई विश्व सम्पदामा सूचीकृत गरिनुपर्ने स्थानीयवासी बताउँछन् ।

    अनुसन्धानबाट नयाँ तथ्य फेला परेसँगै ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यस पतौरामन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग उठ्न थालेको छ । धार्मिक, पौराणिक एवम् पुरातात्विकरूपमा यो मन्दिर इतिहासको कयौँ कालखण्डको साक्षीका रुपमा रहेकाले यसलाई विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्ने माग गरिएको हो ।

    हाल पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा पु¥याउन आफू निरन्तर प्रयत्नरत रहेको नगरपालिकाका प्रमुख रिना कुमारी साहले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेसको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन ।” ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यो मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा स्थापित हुने उहाँको भनाइ छ । नेपालमा जम्मा १० वटा सम्पदालाई विश्वसूचीमा राखिएकाले अब अर्को गन्तव्य पुरातात्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ ।

    पूर्वमन्त्री एवं सांसद साहको विषेश पहलमा उक्त मन्दिरको पर्खालका रुपमा प्रयोग गरिएको ऐतिहासिक इन्टाको पुुरातत्व विभागमा जाँच हुँदा मन्दिरको पर्खालका रुपमा रहेको इँटाहरु झन्डै १० इञ्चभन्दा बढी चौडाइ रहेको पाइएको छ । विसं २०६७÷६८ मा सांसद साहले यस मन्दिरको अवस्थाका बारेमा पुरातात्वक विभागलाई खबर गरी मन्दिरको जीणोद्धारका लागि अनुरोध गर्नुभएको थियो ।

    यस मन्दिरको अध्ययनमा संलग्नका अनुसार मन्दिरको पुनःनिर्माण कर्नाटकालमा (११–१२ शताब्दी), फेरी अर्को पटक सेनकालमा (१५–१६ औँ शताब्दी) र पछिल्लो पटक अहिले भएको छ । हरेक पाँच÷पाँच सय वर्षको अन्तरालमा मन्दिर लोप हुने र पछि पुनःप्रकट हुने विश्वास गरिन्छ । सांसद साहले जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठूलो इतिहास बोकेको सम्पदासहित रौतहटको मौलापुर पतौराको हजारौं वर्ष पुरानो पतौराको महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आफू लागिपरेको बताउनुभयो ।

    उहाँले यस्ता सम्पदाहरु विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक कूटनीतिक तथा अन्य पहलका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बारी खन्ने क्रममा पुराना इँटाहरू भेटिएपछि स्थानीयले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएपछि तत्काल सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई मन्दिर बनाएर पूजाआजा गर्न थालिएको थियो ।यस मन्दिरमा पूजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ।पछिल्लो समय यस मन्दिरमा पूजा गर्न नेपाल तथा भारतीय भक्तजनको भीड लाग्न थालेको छ ।

    प्रारम्भिक उत्खननको क्रममा मन्दिर सेनकालीन रहेको पाइयो । मन्दिरमाथि माली टोल रहेकाले थप उत्खनन कार्यमा नै बाधा पुगेपछि नगरपालिकाले बस्तीलाई अन्यत्र सारेर मन्दिर क्षेत्र खाली गराई वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्र नेतृत्वको टोली र पुरातत्व विभागले थप उत्खनन गर्दा मन्दिरको पुनर्निर्माण कार्य कर्नाटककालीन समयमा पनि भएको तथ्य फेला प¥यो । मन्दिरको प्रारम्भिक उत्खननको क्रममा नै कैयौँ रहस्यमयी तथ्यहरू बाहिर आउन थालेका छन्।यस मन्दिरको उत्खनन् र पुरातात्विक अध्ययन भइरहेकै समयमा पुरातत्वविद् मिश्रको निधन हुँदा मन्दिरका अनेकौं तथ्य प्राप्तिमासमस्या भएको अनुभव गरिएको छ ।

    मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करीब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुन सक्ने अनुमान गरिन थालिएको छ ।

    प्रारम्भिक उत्खनन प्रतिवेदनअनुसार ११ देखि १२ शताब्दी अर्थात् कर्नाटकालमै यस मन्दिरको पूनर्निर्माण गरिएको पाइएको छ । उत्खनन एवं अन्वेषणबाट प्राप्त अन्य तथ्यअनुसार मन्दिरसँगै एउटा दरबारको अवशेषसमेत भेटिएको छ । उक्त दरबार तत्कालीन शासकको केन्द्र हुन सक्ने अनुमान गरिएको छ । समय क्रमसँगै समाज, शासन एवम् प्रकृतिमा व्यापक परिवर्तन भएपनि यो मन्दिरको पुरानो अस्तित्व कायम नै रहेको देखिन्छ।

    प्राचीनकालदेखि नै मौलापुर धर्म र आस्थाको केन्द्र रहेको विश्वास गरिन्छ । मौलापुर शब्द संस्कृतको ‘मौला’र पुरबाट उत्पत्ति भएको हो । मानसार शिल्पशास्त्रका अनुसार मौलाको अर्थ भगवान् शिवको जट्टालाई जनाउँछ भने पुरको अर्थ नगर हुन्छ । यस अर्थमा पनि मौलापुर शिवको जटाबाट उत्पत्ति भई परापूर्वकालदेखि नै पवित्र शिव भूमि रहेको कुरा सहजै बुझ्न सकिन्छ ।

    रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरुद्वारा अध्ययन सुरु भएको छ । मन्दिर उत्खनन्का क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन गर्न थालिएको हो । धेरै प्रमाणहरुबाट मन्दिर कर्नाटकालको रहेको देखियो । पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुन सक्ने अनुमान गरिएको छ । कुनै कालखण्डमा यहाँ एउटा समृद्ध सहर रहेको प्रमाण पनि फेला परेको छ ।

    पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ ।मौलापुर नगरपालिकाका अनुसार जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिची भिलिस र एलिक नेलोरको संयुक्त टोलीले पुरातात्विक अध्ययन थालेको थियो ।

    मधेश प्रदेशमै नमुना पालिकाको रूपमा रहेको मौलापुर नगरपालिकाले विकास पूर्वाधारका साथै यहाँ रहेका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा पनिजोड दिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साह बताउनुहुन्छ । ‘‘पतौरा महादेव मन्दिर मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘यस मन्दिरको प्रवद्र्धन र विकासलाई नगरपालिकाले उच्च महत्व दिएको छ ।”यस मन्दिर प्राङ्गणमा २०७६ फागुनमाआयोजना गरिएको महायज्ञमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजाअर्चना गर्नुभएको थियो ।

    धार्मिक पर्यटनको हिसाबले यस क्षेत्रलाई विश्व समुदायमा प्रचार गर्न सकिने सम्भावना रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा भन्नुहुन्छ, “यस मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न सकिएमा पुरातात्विक विषयमा चासो राख्ने पर्यटकहरुलाई पनि भित्र्याउन सकिनेछ ।” सरकारले २०७५ सालमा देशैभरका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेकामा मधेस प्रदेशबाट पतौरा महादेव मन्दिरलाई पनि छनोट गरेको थियो । सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको थियो ।

    रासस

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.