काठमाडौँ ३२ जेठ
३० को उमेर पार गरेपछि शरीरमा कयौं प्रकारका परिवर्तन हुने गर्छन् । त्यसैले ३० वर्ष कटेपछि कसरी स्वस्थ रहने जान्नु पर्दछ ।
नुनको धेरै सेवन गर्नु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । यसले छालामा एजिंग तथा रक्तचापको समस्या हुने सम्भावना बढ्न सक्छ ।
३० पछि चिनी तथा चिनीबाट बनेका खाद्य पदार्थको सेवन पनि कमै मात्रामा गर्नुपर्दछ । यसले पाचन बाहेक अन्य छालासम्बन्धी समस्या तथा मोटोपन हुन सक्छ ।
३० को उमेर पछि क्याफिन युक्त चिज पनि कम मात्रामा लिनुपर्दछ । किनकी यसले हाम्रो निद्रा खराब हुन सक्छ । निद्रा कम हुँदै गयो भने यसले अन्य रोग निम्ताउन सक्छ ।
३० वर्षको उमेरपछि सुस्त-सुस्त मेटाबोलिज्म पनि ढिला हुँदै जान्छ । त्यसैले उमेर बढ्दै गएपछि चिल्लो तथा मसलेदार भोजन पनि कम खानुपर्दछ ।
उमेर बढ्दै जाँदा पाचन प्रक्रिया कमजोर हुँदै जान्छ । त्यसैले मैदाबाट बनेका खानेकुराबाट बच्नु पर्दछ । यसमा चिनी, काब्र्स तथा फ्याट एकदमै धेरै मात्रामा हुन्छ ।
सोडा युक्त पेय पदार्थ जस्तै कोल्ड ड्रिंक्स, रक्सी आदिको सेवन पनि एकदमै थोरै मात्रामा गर्नुपर्दछ । यसले छालामा बुढ्यौलीको संकेत उमेर अघि नै देखिन्छ ।
यसबाहेक दैनिक कसरत, योगा आदि गर्नुहोस्, साथमा फलफूल तथा हरियो तरकारीको सेवन धेरै गर्नुहोस् । त्यस्तै तनाव तथा धुमपानबाट टाढै रहनुहोस् ।
एजेन्सी




