• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक


  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • लुम्बिनी  १७ असार

    Advertisement

    मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको जनाइएको छ ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अङ्गदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए ।

    उनले मिर्गौला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गौला प्रत्यारोपी पाउन सक्ने अवस्था नहुँदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अङ्गदानको सामाजिक अभियान थालेको जानकारी दिए । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले खेर जान लागेको अङ्गलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गौला रोगीको ज्यान बचाउन सकिने जानकारी दिए ।

    “आफू मरे पनि आफ्नो अङ्ग अरूको शरीरमा बाँचिरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ”, उनले भने, “यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ ।”

    उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अङ्गहरु खरानी भएर वा माटोमुनि गइरहेको उनको भनाइ छ । कार्यक्रममा एक जना मस्तिष्क मृत्युपश्चात आठवटा अङ्ग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए ।

    केन्द्रका निर्देशक डा श्रेष्ठले नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा आठ हजार अङ्ग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए। “नेपालमा निकै कममात्र मस्तिष्क मृत्युबाट प्राप्त अङ्ग प्रत्यारोपणमा उपयोग भएको छ”, उनले भने, “एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाले जीवनदान पाउन सक्छन् ।”

    स्वस्थ जो–कोही मानिसले पनि अङ्गदान गर्न सक्ने र कानुनले अहिले आफन्तहरूको ५२ नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए । मानव अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ ।

    उनले नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने बताए। उनले नेपालमा महँगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्णरूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

    उनले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको बताए । प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरु डायलायसिस गरेका बिरामीलाई पनि एक मुठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको बताए ।

    “ सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । जसको लागत वर्षमा रु दुई लाख ५२ हजार खर्च हुन्छ”, उनले भने, “दुई वर्षको डायलायसिस खर्चबाट मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।” नेपाल सरकारले विसं २०७३ देखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उहाँले सो अवसरमा जानकारी दिए ।

    देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग तीन हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको चार जनाको गरी वर्षको दुई सय जनाको प्रत्यारोपण क्षमतामात्र रहेको निर्देशक डा श्रेष्ठले बताए । उनले मिर्गौला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा जोड दिए “यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ”, उनले भने, “अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा सुरु गर्न आह्वान गर्छु ।”

    कार्यक्रममा डा कल्पना श्रेष्ठले अङ्गदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताइन् । उनले मस्तिष्क मृत्युपछि २४ घन्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिइन् । उनले नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैङ्गिक विभेद रहेको बताइन् ।

    “मिर्गौला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अङ्ग प्राप्त गर्ने सङ्ख्या निकै कम छ”, उहाँले भन्नुभयो, “यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने सङ्ख्या निकै ठूलो छ ।”

    लुम्बिनी प्रदेशसभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उनले बताए ।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताए । उनले आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा सुरु गर्ने छलफल चलाएको बताए ।

    कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताए ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.