तनँहु १९ असार
देवघाट गाँउपालिका –५ ले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई निशुल्क भर्ना गरिदिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाट गाँउपालिका–५ ले वडाभित्र रहेका एसईई २०७९ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई कक्षा ११ मा निशुल्क भर्ना गरिदिने जनाइएको छ ।
कक्षा ११ र १२ मा अध्ययन हुने देवघाट–५ मा रहेको एकमात्र कालिका माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई निशुल्क भर्ना गरिने देवघाट गाँउपालिका–५ वडाअध्यक्ष पूर्ण बहादुर कुँबरले जानकारी दिनुभयो ।
वडाअध्यक्ष कुँबरका अनुसार वडामा रहेका विद्यार्थीहरु पढाईबाट बञ्चित हुनु नपरोस भनेर यो छुट दिएका हौं । यो छुटले कम आयश्रोत हुने विद्यार्थीलाई राहत मिल्ने वडाअध्यक्ष कुबँरले विश्वास लिनुभयो । वडाअध्यक्ष पूर्ण बहादुर कुँबरले आफुले वडाबाट पाउने सेवा सुविधा तलवभत्ता वापतको रकम वडाका विभिन्न क्षेत्रमा सहयोग गदैं आईरहनुभएको छ ।





