विराटनगर २४ असार
विराटनगर कोशी प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री उद्धव थापाले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन कांग्रेस र एकीकृत समाजवादीबाट एक/एकजना मन्त्री नियुक्त भएका थिए ।




