• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • लमजुङ २४ असार

    Advertisement

    झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।

    विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । मस्र्याङ्दी नदी नजिकै यो झरना रहेको छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना डुम्रे–बँेसीसहर सडक नजिकै पर्छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक तीन सयजतिा पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनामा हुन्छन् ।

    यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन् । झरनामा आएका आन्तरिक पर्यटक आदेश श्रेष्ठले भन्नुभयो, “छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिँदा मन फुरुङ्ग हुन्छ, सङ्लो पानी झर्झर् झर्दै झरिरहेको यस झरना मा पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ ।”

    झरनाको शीतलतासँगै सेल्फी खिच्दा रमाइलो हुने बेँसीसहर नगरपालिका वडा नं ८ शेराफाँटबाट आएका आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताउनुभयो । आफू मात्र नभई साथीहरुसँग झरना हेर्न, दिन कटाउन र झरनाको मज्जा लिन आउने गरेको उहाँको भनाइ छ ।

    अन्य ठाउँकोभन्दा यस ठाउँमा पौडी खेल्न मन लागेकाले झरनामा आएको तनहुँबाट आएका अर्का पर्यटक योगेश घिमिरेले बताउनुभयो । झरनासँग रमाउँदा दिन बितेको पत्तो नै नहुने उहाँको भनाइ छ । यस झरनामा बालबालिकादेखि युवायुवतीको भीड बढी हुन्छ । यस झरनामा यतिबेला बर्खाको समयमा समेत पर्यटकको भीड लागिराखेकाले झरना नजिकै विभिन्न सानासाना पसलसमेत सञ्चालन हुन थालेका छन् ।

    स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेका छौँ ।” झरनालाई व्यवस्थित गर्न र पर्यटकको आकर्षणस्थल बनाउनका लागि निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यस मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर आइरहने बनाउने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङ स्थल बनाइने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा ¥याफ्टिङसमेत सञ्चालन गरिने उहाँ बताउनुहुन्छ ।

    चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । यस गाईखुरे झरनाबाहेक चक्रिय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मस्र्याङ्दी गाउँपालिकास्थित हामफाले (भुलभुले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गरेको छ । यस झरनामा समेत जिल्लाका बेँसीसहर, खुदी, चनौटेलगायत दर्जनौँ स्थानबाट मात्र नभई विभिन्न जिल्लाबाट समेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका स्थानीयको भनाइ छ ।

    केही वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकका लागि उपयुक्त गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

    त्यस्तै गाउँपालिकाकै वडा नं ४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौँ युवायुवती पुग्ने गरेको स्थानीयको भनाइ छ । यतिबेला बर्खायामको बेलामा समेत उक्त झरनामा पर्यटकको भीड बढ्दै गएको छ ।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.