काठमाडौँ २७ असार
नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि कांग्रेसले बैठक स्थगित गरेकाे हाे।
पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पदाधिकारीसहितका शीर्ष नेताहरूको बैठक बोलाएका थिए।सीता दाहालकाे निधन भएपछि बैठक स्थगित गरिएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए।




