काठमाडौँ ९ साउन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।
२ साउनदेखि मुख्यालय सानेपामा चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक सम्भवतः विभिन्न निर्णय गर्दै भोलि समापन हुँदै छ। धुम्बाराही बैठकमा केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने बुझिएको छ।




