• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • रामपुर (पाल्पा) ९ साउन

    Advertisement

    पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाउनु भएन ।

    खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दुःखसँग दैनिक जीवनयापन गर्न विवश हुनुभयो । अहिले भने यी समस्याबाट मुक्त हुन पाउँदा जीवनकै ठूलो खुसी मिलेको उहाँ बताउनुहुन्छ । रामपुर नगरपालिका–१० स्वामीभन्ज्याङ बस्ने सुनारलाई नगरपालिकाले २२ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताउनुभयो ।

    “खरको छानो भएको घर पानी पर्ने बित्तिकै चुहिएर बस्नै सकिँदैनथ्यो, हावाहुरी चलेका बेला डाँडाभाटा नै नराखेर उडाएर लैजान्थ्यो”, उहाँले भन्नुभयो, “रातको समयमा त घरको झ्याल, ढोकामुनि बसेर धेरै रात बिताइयो, अहिले नगरपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि आनन्दले घरमा बस्न पाइएको छ ।”

    पानी परेका बखत तथा हावा चलेका बेला झ्याल, ढोकामुनि कहिलेकाहीँ छिमेकीका घरमा ओत लाग्दै आउनुभएकी सुनारलाई बलियो छानो भएपछि घामपानी, हावाहुरीका समय ढुक्कले बाँस बस्ने ठाउँ बनाउन नगरपालिकाले सहयोग गरेपछि उहाँ उत्साहित हुनुुहुन्छ । जस्तापाता किन्ने पैसा नहुँदा दुःखसँग जीवन गुजारा चलाउँदै आउनुभएकी सुनारले पानी आउँदा घरभित्रै मूल फुट्ने, छानो चुहेर बस्नै सकस रहेका बेला स्थानीय सरकारले विपन्नको दुःखमा मलम लगाउने काम गरेको बताउनुभयो । उहाँलाई नगरपालिकाले चार वर्षअघि दुईतले घर छाउन २२ पाता जस्तापाता उपलब्ध गराएको हो । त्यस समययता सुनारलाई घरमा बसोबासको समस्या नभएको बताउनुहुन्छ ।

    रामपुर–१० कै रानागाउँ बस्ने विनिता विकले नगरपालिकाको सहयोगमा जस्तापाता लगाएको दुई वर्ष भयो । भूकम्पले भत्किएको घरमा नगर सरकारले राहतस्वरुप तीनतले घर ढाक्ने गरी २४ पाता जस्तापाता उपलब्ध गराएको छ । घरमा जस्तापाता किनेर लगाउन समस्या भएको बेला रामपुर नगर सरकारले गरेको सहयोगमा परिवारमा धेरै खुसी ल्याएको उहाँ बताउनुुहुन्छ । “भूकम्पले घर भत्किएपछि बसोबास गर्न समस्या परेका बेला निःशुल्क जस्तापाता पाउँदा हाम्रो परिवारमा ठूलो राहत भयो, हामी स्थानीयको दुःखमा सहयोगी भावनाले नगर सरकारले गरेको यस सहयोगले गाउँमा सिंहदरबारको झ–झल्को अनुभूति दिलाएको छ”, उहाँले भन्नुभयो ।

    भूकम्पको पीडा छँदैछ तर घर छाउन जस्तापाता किन्ने पैसा अभावमा नगरको सहयोगमा जस्तापाता पाएपछि पुनःनिर्माण गरी ओत लागेर बसेको विकले बताउनुभयो । यस कार्यक्रमले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाइदिएको उहाँको भनाइ छ ।

    कमला सुनार र विनिता विकजस्ता रामपुरका धेरैले नगरको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन् । नगर सरकारले एकै प्रकृतिको हरियो रङमा जस्तापाता वितरण गर्ने गरेको छ ।

    रामपुर नगरपालिकाले नगरभित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४÷७५ देखि ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको हो । नगरभित्रका खरको छानो भएका सात सय १९ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो । हालसम्म ६ सय १२ घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने एक सय सात घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ । बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर रामपुर नगरलाई खररहितको घर घोषणा गर्ने नगर सरकारको तयारी छ ।

    आव २०७४÷७५ मा एक सय ५९, आव २०७५÷७६ मा एक सय २०, आव २०७६÷७७ मा एक सय ६०, आव २०७७÷७८ मा ८७, आव २०७८÷७९ मा ४०, २०७८÷७९ मै विपद्बाट ११ र आव २०७९÷८० मा ३५ वटा घरधुरीमा जस्तापाता लगाइएको नगरपालिकाका इन्जिनियर कृष्ण थापाले जानकारी दिनुभयो ।

    कार्यक्रम सुरु भएदेखि हालसम्म खरको छानोरहित घर कार्यक्रमको लागि रामपुर नगरपालिकाबाट रु एक करोड ६७ लाख, प्रदेश सरकारबाट रु ५० लाख गरी खरको छानो हटाएर जस्तापाता लगाउँदा भएको कूल लागत रु दुई करोड १७ लाख बराबरको रकम खर्च भइसकेको छ । पहिलो वर्ष नगरपालिकाले आव २०७४÷७५ रु ५० लाख रकम विनियोजन गरेर काम सुरु गरेको हो भने दोस्रो वर्ष आव २०७५÷७६ मा नगरपालिकाबाट रु एक करोड र प्रदेश सरकारबाट रु ५० लाख रकम विनियोजन गरी काम गरियो ।

    आव २०७६÷७७ र आव २०७७÷७८ मा अघिल्लो आर्थिक वर्षकै केही रकम बाँकी रहेकाले सोही रकमबाट जस्तापाता वितरण कार्य भयो । आव २०७८÷७९ मा नगरपालिकाबाट रु पाँच लाख, आव २०७९÷८० मा रु १२ लाख बराबरको रकम विनियोजन गरी काम गरेको नगरपालिकाले जनाएको छ । प्राविधिकले नाप नक्साङ्कन गरेर समितिको सिफारिसमा सिङ्गो घर छाउन पुग्ने जस्तापाता सम्बन्धित घरधनीलाई वितरण गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “खरको छानोमुनि बसोबास गरेका परिवार, भइपरि आउने आगलागी, भूकम्पलगायतका विभिन्न विपद्मा परेका नागरिकलाई पनि उनीहरुको अवस्था हेरेर बाँसस्थानका लागि नगर सरकारले घर छाउन पुग्ने गरी जस्तापाता उपलब्ध गराएको छ, यो कार्यक्रम रामपुरमा प्रभावकारी रुपमा अगाडि बढिरहेको छ ।”

    सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहालभित्र विपन्नले जस्तापाता छाउने रकम नहुँदा त्यत्तिकै बस्नुपर्ने बाध्यता थियो । चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छोराछोरीको साथमा जीवन व्यतित गर्दै आएका अभिभावकहरु अहिले ढुक्कले बसोवास गरिरहेका छन् । घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समय भय, डर हटेको लाभान्वितहरु बताउँछन् । विशेषगरी वर्षायाम सुरु भएपछि खरका छानोमुनि बसोबास गरिरहेका परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो ।

    स्थानीयवासीले नगरपालिकामा पेस गरेको निवेदनका आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण भइरहेको छ । मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप नयाँ संरचना कायम भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको छ ।

    सुरुका बेला नगरपालिका कार्यालयबाटै जस्तापाता वितरण गर्ने गरिएकामा लाभग्राहीको सहजताका लागि नगरपालिकाले तोकेको पसलबाट वितरण गर्ने काम भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधिले सुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् । निर्वाचनका बेला आफूले नागरिकसामु गरेका प्रतिबद्धताहरु पूरा गर्न ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको र यस कार्यक्रमलाई नगरका सबै घर खररहित सम्पन्न नहुँदासम्म हरेकवर्ष निरन्तर रुपमा वजेट विनियोजन गरी अगाडि बढाउँदै लैजाने नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

    “सामान्य जस्तापाता किन्ने पैसा नभएर नागरिकले चुहिएको खरको छानोमुनि बसेर जीवन बिताउन बाध्य छन्”, नगर प्रमुख थापाले भन्नुभयो, “उनीहरुलाई घर छाउन नगर सरकारले आवश्यकताको आधारमा आफू निर्वाचित भएर आएदेखि नै ‘रामपुर नगर खरको छानोरहित घर’ सुरु गरेको कार्यक्रमबाट विपन्न, गरिब परिवारका नागरिकले पानी पर्दा, हावाहुरी चल्दा आनन्दले बसोवास गरिरहेका छन्” ।

    रामपुर नगरपालिकामा उहाँको हाल नगर प्रमुख पद दोस्रो कार्यकाल हो । आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी कामहरु अगाडि बढाएको नगर प्रमुख थापाले बताउनुभयो । सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेको छ ।

    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.