• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल


  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित
  • बेलबारी १३ साउन

    Advertisement

    मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् ।

    प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ । अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहैकै छन् । तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् ।

    खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको मोरङको बेलबारीका फुटबल प्रशिक्षक शङ्कर सुवेदी बताउनुहुन्छ । बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । “सङ्घीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन”, उहाँले भन्नुभयो– “स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दैआएका छौँ ।”

    मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् । बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन् । मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएकोे बताउनुहुन्छ ।

    “जिल्ला फुटबल सङ्घ आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन”, उहाँले भन्नुभयो ।

    भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेल्नुभएका विक्रम लिम्बूले भन्नुभयो, “खेल सामग्री पर्याप्तरुपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।” राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उहाँले जोड दिनुभयो ।

    मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर डाँगीहाट युथ क्लब स्थापना भएको छ । भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ ।

    स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई बताउनुहुन्छ । विसं २०७० मा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँचवटा गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ । अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिनुभयो ।

    स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ । प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदैआएका छन् ।

    विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ । क्लबले तीनवटा गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको छ । एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ–११ को खेल भएको थियो । तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ ।

    बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब । त्यसैगरी उर्लाबारी स्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैँचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ क्लब खेल गतिविधिमा सक्रिय रहेको प्रशिक्षक सुमन श्रेष्ठ बताउनुहुन्छ । “खेलाडीले पर्याप्त खेल सामग्रीका साथै प्रशिक्षक पाउनसके खेलको स्तर पक्कै उकासिने छ”, उहाँले भन्नुभयो । मोरङमा रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार पनि खेल गतिविधिका लागि परिचित छन् ।

    आइतबार, साउन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.