• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पहिरोले अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालनमा


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • रुकुम (पूर्व) १६ साउन 
    रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।

    Advertisement

    पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन । प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिनुभयो । वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गमा पहिरो झरेर समस्या भइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी र ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

    प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार सहिदमार्गमा पहिरो हटाउन सहिदमार्गकै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ । मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएकाले काममा ढिलाइ भएको हो ।

    सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको र पुथा उत्तरगङ्गा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उहाँले बताउनुभयो । काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुँदै आएकोे छ । कतिपय सहायक मार्गहरु भने पहिराका कारण अवरुद्ध नै भइसकेका र तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी आवागमन भइरहेको छ । साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ । सडकमा झरेको ठूलो ढुङ्गा फुटाउन सकिएको छैन । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुङ्गा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाइएको र उक्त ब्रेकरले ढुङ्गा फुटाए आवागमनमा सहज हुने बताउनुभयो । पहिराका कारण जिल्लास्थित विभिन्न विद्यालयहरुमा पनि क्षति पुगेको प्रहरीले बताएको छ ।

    रातिको समयमा यात्रा नगर्न अनुरोध

    जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले रातिको समयमा यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ । जिल्लास्थित मध्यपहाडी (पुष्पलाल) राजमार्ग, सहिदमार्ग एवम् अन्य सहायक मार्गमा कमजोर भूबनोट, भारी वर्षालगायत कारण पहिरो एवम् सुक्खा पहिरो जाने क्रम चलिरहेको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।

    रातिको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएर मात्र यात्रा गर्न सूचनामा उल्लेख गरिएको छ । साथै जिल्लाभित्र कुनै पनि प्रकारको विपद्जन्य घटना÷दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम (पूर्व) को नं ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.