• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

मेयरसाबलाई खुल्ला पत्र :कहिलेसम्म रिस्तीबासी बत्तिमुनिको अध्यारोमा बस्ने ??


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  •  

    Advertisement

    आदरणीय ब्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपाने ज्यू ! जय नेपाल ।
    भेटेरै कुरा गर्ने तिब्र चाहाना थियो तर मनको हुटहुटीले खुल्ला पत्र लेख्न बाध्य पार्यो मन दुखे माफ गर्नुहोला ।
    तपाईको जित संगै विजय जुलुस मनाउँदा अत्यन्तै खुशि थिए र छु पनि । दोश्रो कार्यकालको लागि कडा प्रतिस्प्रर्धामा चुनाब जितेको दिनबाटै तपाई जनताको घर दैलोमा समस्या समाधान गर्दै हिडेको देख्दा ब्यास नगरपालिकाले सच्चा, परिश्रमी र कर्मठनिष्ट उम्मेदवार पाएको महशुस गरेको थिए ।

    मेयर ज्यू जनता जनार्दन हुन् । अघिल्लो योजना पूरा हुनुपर्छ भन्दै जनताले यसपालि अरू दललाई पछार्दै कुशल व्यक्तिको छनौट गरेको हो । एमाले सहितको बलियो स्वतन्त्र गठबन्धनलाई परास्त गर्दै यसपाली कांग्रेसको तर्फबाट तपाईंले कडा टक्करमा विजय हुने चानचुने कुरा होईन । थिएन पनि । अवसरवादी, आत्मघाती र कांग्रेस भित्रका भाईरसहरूलाई गतिलो थप्पड हो ।
    पार्टीको हैसियत संगै तपाईंको व्यक्तिगत पहिचान, लगनशीलता र कर्तव्यनिष्ठताका कारण जनताले हजुरलाई चुनेको हो भन्ने मैले बुजेको छु । तपाईं प्रति जनताको धेरै आशा अनि भरोसा छ । मलाई पूरा बिश्वास छ तपाईं त्यो अग्नि परिक्षामा खरो उत्रनु हुनेछ । हिजोको ५ बर्षमा पूरा नभएका कार्ययोजनाले अबको ५ बर्षमा पुर्णता पाउनेछ ।
    याद रहोस् मेयरज्यू हजुरले बोलेका र गरेका बाचा हामी सँग सामाजिक संजालमा सुरक्षित छन् । तपाईं पेशाले वकिल र प्राध्यापक हुनुहुन्छ । एउटा मध्यम परिवारबाट तनहुँको राजनितीमा आउनु भएको हो भन्ने बुझेको छु । गरिबी, भोक, प्यास र बिपन्नतालाई नजिकैबाट नियाल्नु भएको छ ।

    भोकानाङ्गा र दिनदुःखीको पिडालाई नजिकबाट बुझ्नु भएको छ । सबैलाई एक साथ समेटेर लैजान सक्ने हजुरमा क्षमता छ । जुन चाहना जनताले राखेका छन् । हाम्रो चाहना नेताले हामीलाई पैसाको मुठो बाडुन् भन्ने कदापी होईन । हाम्रो शहर विकास र समृद्धिसँग जोडिएको, बाटो, शिक्षा स्वास्थ्य, बिजुली पानी हरेक घरले भोगचलन गर्न पाओस् । शान्ति सुरक्षाको महशुस गर्न पाईयोस् । जातिय, धर्मिक, लैङ्गिक, सामाजिक मतभेदको अन्त्य होस् । हरेक धर्मको सम्मान होस सबै मिलिजुली बस्न पाइयोस् । हाम्रो नगरले विकासका पुर्वाधार चुम्न सकोस् । जनताको चाहना यति हो भन्ने मैले राम्रोसंग बुझेको छु ।
    केहि महिनादेखि म मेरो पुख्यौली जन्मथलो स्याहार सुसार गर्दैछु त्यो हजुरले विकास गर्न बाचा गरेको र तपाईलाई रिपोलिङ हुदा उत्साहजनक मतान्तर सहित जित निकाल्न सघाएको वडा हो ब्यास –८ रिस्ती, जुन बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलज्युको समेत जन्मथलो हो ।
    विकासको दृष्टीले अत्यन्तै नाजुक र पछि परेको सर्बबिदितै छ । नेपाली राजनितीमा सधै शिर्ष भुमिकामा रहँदा रामचन्द्र पौडेलले जिल्लाको सुदुर उत्तरमा पर्ने यो वडाको बृहत्तर हितमा काम नगर्नु भएको होईन । ठुला काम थालनी भए तर अधुरा रहे । देशमा बर्बर द्वन्द्द हुदा हुनेखाने धेरै बसाई सरे । कम जनसंख्या र भौगोलिक कठनाई विकास बाधक बन्यो । त्यै पनि उहाँको जोड बिशेष र स्मरणिय नै छ र थियो पनी । अब सक्रिय राजनीति त्यागेर सम्माननीय पदमा बसेपछि उहाँको दायित्व समेत बहन गर्ने अभिभारा तपाईमा आएको छ तर तपाईले चुनाबमा घोषणा गरेका साना मसिना काम समेत नगर्दा र बेवास्ता गर्दा बत्ति मुनिको अध्यारो भएको छ रिस्ती ।
    मेयरज्यु तनहुँ हुदै जाने कालिका मार्गको काम थालनी भएको छ कालान्तरमा बन्दै जाला तर वडा सम्म लमजुङबाट छोएको पहुँचमार्ग पिच गर्न कस्ले रोक्यो ? जवाफ खोजेका छन् जनताले । आजसम्म रिस्ती उपत्यकामा डक्टर वा एच ए सहितको स्वास्थ्य चौकी छैन सामान्य उपचार समेत गर्ने ठाँउ छैन । यो वडाका बासिन्दा नगरपालीका होईनन् कि यिनीहरू अर्कै दर्जाका हुन् ?
    केहिदिन अघि वडा भवनमा सामान्य काम परेर छिरेको थिए वडामा बसेकै समय बेजोडको पानी पर्यो वडा कार्यालयमा पानी चुईएको दृश्य देखेर म त मुकदर्शक थिए वडाध्यक्ष स्वयं फेसबुक लाईभ गर्दैहुनुहुन्थ्यो उहाँलाई बिचरा भन्ने बाहेक म संग अरू कुनै शब्द थिएन । वडा भवन आजसम्म किन बनेन भनेर प्रश्न गर्ने त आटै आएन यो सायद मेरो जिवनकै अविष्मरणिय घटना होला । मेयर ज्यु तपाईको मेनफेस्टमा यो बन्ने कुरा लेखिएको थिएन र ??
    तपाईंले विकास उन्मुख देश र भू–भागको सफल भ्रमण गरिसक्नु भएको छ । देश विकास र राष्ट्र राष्ट्रियतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कार्य योजनाको स्पष्ट खाका कोर्न सक्नु हुन्छ । कसरी विकासको चरमचुलीमा पुग्न सकिन्छ भन्ने राम्रो ज्ञान हजुरमा छ । हजुर कुशल अनि सक्षम हुनुहुन्छ भन्ने बिश्वासका साथ जनताले हजुरलाइ विजयी गराएका हुन् ।
    हाम्रो वडाको नमुना र ऐतिहासिक बस्ती हो शहिद बस्ती पुलिमराङ जुन ठाँउ धेरै भुपु सैनिक, अब्बल दर्जा र बिशिष्ट ब्यक्तित्वहरूलाई जन्माएको थलो हो । नेपाली लोकतान्त्रिक आन्दोलनको झिल्को कोरिएको शहिदको रगत सिञ्चित भुगोल हो । यो गाउँ र ठाँउमा नपुग्ने सायदै होलान् पुगेपछि अत्यन्तै रमणिय छ ठाउँ । तर के यो ठाँउका मानिस बर्खामा बिरामी हुदैनन् हो ?? कि हिउदमा मात्र आवतजावत गर्छन् मैले बुझिन उनिहरुले खोजेका केहि छैनन् पिच बाटो पनि होईन उच्च स्तरिय ग्राभेल बाटो जहाँ हिउद बर्खा सधै गाडी चलोस् । बिडम्बना पानी परे तलै बास बस्नुपर्ने तर बस्ने ठाउ छैन अनि हिडेरै घर पुग्नुको बिकल्प छैन उनिहरू संग अब भन्नुस यो सामान्य समस्या हल कसले गर्ने कि स्थानिय सरकार हेरिरहने अरूले स्वाद फेरिरहने हो ?? मेयर ज्यु प्रदेश र संघिय सरकारमा जान पनि त तपाईको पहल र दायित्व बढि हुन्छ होईन र संगै प्रदेश र संघका प्रतिनिधिलाई पनि यो प्रश्न सोधौला ।
    मुटुभरी घरपरिवारको सम्झना मन भरी देशको माया बोकेर आँसुको धाराले मुख पुछ्दै दिनहुुँ हजारौंको संख्यामा विदेशीने युवाको आशाको दियो बन्नपर्छ तपाईं । आफ्नै सन्तानबाट अपहेलित भएर घरबाट निकालिएका वृद्धबावु–आमाको भरोसाको खम्बा हुनुपर्दछ तपाईं । अन्यायमा परेका चेलिबेटीको माइती बन्नपर्छ तपाईं । बेरोजगारीको पिडामा छ्टपटाइ रहेका युवाको बलियो आधारशिला हो तपाई । बर्सौदेखि पिछडिएका रोग, भोकसंग पैठ्यजोरी खेलिरहेका तनहुँका जनताका मेयर हुनुहुन्छ तपाई ।
    त्यसैले आफ्नो प्रतिवद्धतामा कत्ति पनि बिचलित नभएर काम र कर्तव्य पुरा गर्दै जानु । हरेक समयमा जनतासंग हातमा–हात मिलाएर अगाडि बढ्नु । अबको ४ बर्षमा नेपालकै नमुना शहर भनि ब्यास नगरपालिकालाई चिनाउने काम गर्नु । विकसीत शहरको रुपमा देश विदेशमा चिनियोस् हाम्रो तनहुँ । राजनीतिलाई फोहोरी खेल भन्दै देश बिकासको हातेमालोबाट पन्छिन खोज्ने युबाहरुलाई मुलधारमा ल्याएर राजनीति भित्र सबै खराब, गलत र अबसरबादी आचरण भएको ब्यक्ति मात्रै होइनन् लौ है बैकुण्ठ जस्ता होनहार र कर्तब्यनिष्ठ ब्यक्ति पनि छन् भनेर अलग छवि कायम गर्न सक्नु । अब आउने चुनाबमा भोट माग्न घर–घर जान नपरोस् ।
    जनता इच्छाले कांग्रेसलाई नै भोट हाल्न आतुर हुन् । ब्यास नेपालकै नमुना शहर बनोस् । अहिले मात्र होइन तनहुँबासीले आगामी सयाँै बर्षसम्म बैकुण्ठ बैकुण्ठ भनुन् । हजुरले भने जस्तै रोजगारीको शहर बनोस् दमौली युवा व्यवसायीकको गन्तव्य बनोस् दमौली, सफा स्वच्छ र हराभराको पहिचान बनोस दमौली, फुलैफुलको बगैचा भनेर नेपालमा मात्र होईन विश्व सामु अलग पहिचननसहित चिनियोस् । हाम्रो तनहुँ समृद्ध र राम्रो तनहुँ भन्दै बाँकी कार्यकाल सफलताको हार्दिक शुभकामना ।
    उही तपाईको शुभचिन्तक
    नवीनराज पौडेल
    अध्यक्ष –रिस्ती विकास समाज
    ब्यास–८,रिस्ती ,तनहुँ ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.