चितवन, साउन २१
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।





