• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

बाढीको चिन्ता छैन नदी तटीय क्षेत्रका बासिन्दालाई


  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
  • कञ्चनपुर ३१ साउन

    Advertisement

    कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ । खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ ।

    “बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उहाँ सुनाउनुहुन्छ । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर छक्क पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

    खोलाले जग्गा बगाउन सुरु गरे सबै जना मिलेर जैविक तटबन्ध निर्माण गर्नमा जुट्ने गरेको उहाँको भनाइ छ । बन्ड खोलामा नगरपालिका, मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रमअन्र्तगत एक सय ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणले ५१ परिवारको जग्गा कटानी (भू–क्षय) रोकिएको छ ।

    तटबन्ध निर्माण गरिएको क्षेत्रमा स्थानीय बासिन्दाले घाँस र बाँसका बिरुवा रोपेका छन् । त्यसले गर्दा जग्गाको माटो बग्न पाउने गरेको छैन । खोलामा बाढीको पानी खतरा तह पार गरेपछि नेपालीले गाउँका बासिन्दालाई साइरन बजाएर सचेत पार्ने कार्य पनि गर्दै आएका छन् । “तटबन्ध निर्माण नहुँदा जग्गा कटानी हुने क्रम तीव्र थियो”, स्थानीय राजमती चौधरीले भन्नुभयो, “बढी वर्षा भए घर छाडेर सुरक्षित स्थानमा जाने गरेका थियौँ, अहिले वर्षा जति भए पनि घरमै बस्ने गरेका छौँ ।”

    खल्लागोठका प्रताप धानुकले मछेली नदीमा बाढी आएको जानकारी सहजरूपमा पाउने गर्नुभएको छ । गाउँमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदल गठन भएका छन् । कार्यदलमा सहभागी सदस्यलाई आवश्यक तालिम र सामग्रीको व्यवस्था गरिएको छ । चुरे क्षेत्रमा अधिक वर्षा हुँदा नदीको सतह बढ्न थालेको जानकारी पूर्वसूचना कार्यदलले उपलब्ध गराउने गरेको छ । नदीको बाढीको पानी बस्तीमा पस्न नपाउँदै गाउँका बासिन्दा सुरक्षित स्थानमा गएर बस्ने गरेको धानुक बताउनुहुन्छ ।

    “कार्यदल गठन नहँुदा नदीको बाढीको पानी घरभित्र पस्न सुरु गरेपछि मात्रै जानकारी पाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “भू–क्षय हुने ठाउँमा जैविक र तारजालीको तटबन्ध निर्माण गरिएको छ, जसले जग्गा कटानी हुने क्रम रोकिएको छ, बाढी आउनुअगावै जानकारी पाइने भएकाले कुनै चिन्ता छैन ।” नदीजन्य पदार्थको जथाभावीरूपमा हुने उत्खनन रोक्न सके बाढीजन्य प्रकोपबाट सहजरूपमा जोगिन सकिने स्थानीय जीतबहादुर महरा बताउनुहुन्छ ।

    “बाढीजन्य विपद्बारे जानकारी नपाउँदा पहिला निकै कष्ट सह्यौँ”, स्थानीय किष्ना साउदले भन्नुभयो, “अहिले विपद्को सामना गर्न गठन गरिएको कार्यदलमा आबद्ध भएपछि गाउँका बासिन्दालाई सुरक्षित गर्न सकेका छौँ ।” गाउँका बासिन्दालाई बाढीजन्य विपद् आएका बेला आकस्मिक समस्या आए विपद् कोषबाट रकम झिकेर सहयोग गरिँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार विपद् कोषमा रु ५० हजार रकम जम्मा गरिएको छ ।

    पुरानो बस्ती खल्लागोठमा मछेली नदीको पानी पस्न नदिन र जग्गा कटान रोक्न नगरपालिकाबाट रु पाँच लाख र निड्सको रु पाँच लाखको साझेदारीमा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित पारिएको वडाध्यक्ष अर्जुनबहादुर साउद बताउनुहुन्छ ।

    “अठन्नीफाँटा, नयाँ बस्तीलगायतका क्षेत्रमा साझेदारीमा भू–क्षय रोक्नका लागि तटबन्ध निर्माणकार्य अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “केही ठाउँमा प्रदेशबाट तटबन्धका योजना ल्याई कार्यान्वयन गरेका छौँ ।” नदी, खोलाको पानी खतरा तह पार गरेको सूचना पाएपछि अग्रस्थानमा रहेर स्थानीय समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

    निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढीजन्य विपद्को सामना गर्नका लागि कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा विपद् प्रतिकार्यका योजना निर्माण गरेसँगै समुदायस्तरमा कार्यदल गठन गर्ने, तालिम दिने, समुदायलाई विपद्बारे सचेत पार्ने, विपद् कोष स्थापना गर्ने र आयआर्जनका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो ।

    निड्सका कार्यक्रम संयोजक नवीन भण्डारीका अनुसार सन् २०२२ देखि कृष्णपुरका खल्लागोठ, नयाँ बस्ती र अठन्निफाँटामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट एक सय ७३ घरधुरी लाभान्वित भएका छन् । यसैगरी दोधारा चाँदनीका वडा नं ३ को पट्टरखल्ला, ७ को कञ्जभोज र १० को कुतियावरमा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमबाट तीनवटै वडाका एक सय ३५ परिवार लाभान्वित भएका छन् ।

    कार्यक्रम सञ्चालन भएका समुदायमा सन् २०२२ मा विपद् कोषका लागि प्रतिसमुदाय रु २० हजार रकम प्रदान गरिएको छ । चार समुदायलाई खोज तथा उद्धार सामग्री वितरण र कुतियाकवरमा डुङ्गा निर्माण गरी हस्तान्तरण गरिएको छ । दुवै नगरपालिकालाई सिडिएमसी गठन तथा परिचालन कार्यविधिको मस्यौदा तयार गरी सहयोग गरिएको छ ।

    कुतियाकवरमा दोधारा चाँदनी नगरपालिका र निड्सको साझेदारीमा दुईतले सुरक्षित आवास भवन निर्माणको कार्य अगाडि बढाइएको छ । कृष्णपुरका तीन समुदायमा तीन सय १४ मिटर र कुतियाकवरमा दुई सय ५० मिटर बायोइन्जिनियरिङ पर्खाल निर्माण गरिएको छ ।

    हाल (सन् २०२३) मा हरेक समुदायको विपद् कोषलाई रु ३० हजारका दरले रकम प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिनुभयो । “दोधारा चाँदनीको पट्टरखल्ला जाने बाटोमा ह्युमपाइप राख्ने कार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यले सडक यातायातको कार्यलाई निर्वाध सञ्चालनमा सहयोग गरेको छ ।”

    बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.