• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर


  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • धर्मेन्द्र झा
    काठमाडौँ १४ भदौ  कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेपछि त्यही रङ्गशालामा रहेका नेपाली समर्थक भने निकै उत्साहित देखिन्थे ।

    Advertisement

    नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मङ्गलबार भनेका थिए– “हामी पाकिस्तानभन्दा अनुभवबाहेक कुनै अर्थमा कम छैनाँै । भयो पनि त्यस्तै, पाकिस्तानको मुल्तानमा बुधबारदेखि सुरु भएको एसिया कपअन्तर्गत उद्घाटन खेल नेपालले पाकिस्तानसँग अनुभवकै कारण गुमाउन बाध्य हुनुपर्यो । आफ्नो पक्षमा खेलको परिणाम आउन नसके पनि नेपाली खेलाडीको प्रदर्शनबाट भने विश्वका सम्पूर्ण क्रिकेट प्रेमीको ध्यान नेपालतर्फ तानिएको छ । सायद नेपालको विजय यही नै हो ।

    साहित्यकार, कलाकार तथा क्रिकेट प्रशंसक रमेश रञ्जनको प्रतिक्रिया छ– “बुधबार पाकिस्तानसितको खेल प्रदर्शनपछि नेपाली खेलाडी विश्वमा फरक ढङ्गले चिनिने अवसरको निर्माण भएको छ”, उनको भनाइ छ, “खेलमा जित र हार सामान्य प्रक्रिया हो । मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ ।”

    टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानको सुरुआत राम्रो थिएन । प्रारम्भमै चार विकेट गुमाउन पुगेको पाकिस्तानले सायद नेपालबाट यो अपेक्षा गरेको थिएन । त्यसो त खेल सुरु हुनुभन्दा पहिले, विश्वको पहिलो वरियतामा रहेको क्रिकेट टोलीका कप्तान बाबर आजम जो स्वयं पनि खेलाडीको विश्व वरियतामा पहिलो स्थानमा छन्, उनले नेपाललाई कम आँक्न नहुने प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर स्कोर बोर्डमा ३० ओभरमा एक सय ३० रन र चार विकेटको क्षति देखिएला भन्ने पाकिस्तानी कप्तान आजमको अनुमान सायदै पनि थिएन ।

    आफ्नो पहिलो वरियता कायमै राख्नुपर्ने कप्तानको दायित्वबोधले हुनसक्छ आजमलाई उत्प्रेरित ग¥यो । उनले झर्दै गएको पाकिस्तानी विकेटको क्रमलाई रोके र अन्ततः पाकिस्तानलाई निकै फराकिलो विजय दिलाए । पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा विजयका लागि तीन सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको पाकिस्तानका वलरको धारिलो प्रहारका कारण नै नेपालले निर्धारित सम्पूर्ण ओभरसम्म आफूलाई टिकाउन सकेन । र नेपाल २३ ओभर चार बलमा कूल एक सय चार रनमा सीमित रहन पुग्यो ।

    क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी अनिलनाथ ढुङ्गाना भन्छन्– “नेपाली खेलाडीले प्राप्त अनेकौँ अवसरको लाभ लिन सकेनन् । केही क्याच छुटे भने केही खराब फिल्डिङका कारण स्कोर बोर्डमा पाकिस्तानको पक्षमा रनको सङ्ख्या थपिँदै गयो”, ढुङ्गानाको भनाइ छ, “प्रारम्भमा नेपालले महत्वपूर्ण सुरुआत गरेर आश जगाए पनि पछिल्ला ओभरमा संयम गुमाएकोजस्तो देखियो । तर यस खेलबाट नेपालले धेरैकुरा सिकेको हुनुपर्छ । अनुभव सँगालेको हुनुपर्छ । अब आगामी खेलमा यही अनुभव र सिकाइलाई प्रयोग गर्न सक्नुपर्छ ।”

    नेपालका लागि पहिलो विकेट करण केसीले लिँदा उनी सामाजिक सञ्जालमा छाएका थिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । पाकिस्तानले लगत्तै इमाम उल हकका रुपमा दोस्रो विकेट गुमायो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान पौडेलले रन आउट गरे । पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रुपमा गुमायो । उनलाई सन्दीप लामिछानेको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए ।

    एसिया कपअन्तर्गतको पहिलो खेलमै स्टम्पमाथिको दुईवटा जोडदार प्रहार (रन आउट) नेपालले देखाएको उत्कृष्ट प्रदर्शन नै एक सशक्त नमूना थियो । तर दुःखद्, उत्कृष्टताको यो क्रम खेलको पूरै अवधिभरि रहन सकेन । जुन कुशलताका आधारमा स्टम्पमा प्रहार गरेर नेपालले दुईवटा विकेटको सफलता पाएको थियो, पछिल्ला ओभरमा नेपाली खेलाडीबाट फिल्डिङका सन्दर्भमा त्यस्तो कुशल प्रदर्शन भइरहन सकेन ।

    पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रुपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । पाकिस्तानविरुद्ध नेपालले जित पनि निकाल्न सक्छ की भन्ने सम्भावनातर्फ नेपाली क्रिकेटका प्रशंसक सोच्न थालिसकेका थिए । तर नेपाली क्रिकेट प्रेमीको सपना पाकिस्तानी कप्तान बाबर र इफ्तिखार अहमदले चकनाचुर पारिदिए । दुवै खेलाडीले नेपालविरुद्ध शतक प्रहार गरे । बाबरले आफ्नो उत्कृष्ट खेल प्रदर्शन जारी राखे । एक सय तीन एकदिवसीय खेल खेलेका २८ वर्षीय कप्तान बाबरले बुधबार एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । नेपालविरुद्धको शतकसँगै बाबरले हालसम्म पाँच हजार दुई सयभन्दा बढी रन बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

    अनुभवको कमी देखिएको नेपाली टोलीको कमजोर फिल्डिङका कारण बाबरले दुईवटा जीननदान पाए । बाबरले पाकिस्तानलाई त विजयी बनाए नै आफ्नो व्यक्तिगत कीर्तिमानी तथ्याङ्कमा पनि सुधार गरे । १९औँ शतक, तेस्रो सबैभन्दा ठूलो रन र पाँचौँ विकेटका लागि इफ्तिखारसँगको ठूलो साझेदारी । बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि दुई सय १४ रनको साझेदारी निभाएका थिए । यही नै पाकिस्तानका लागि जितको बलियो आधार बन्यो । अर्कोतर्फ इफ्तिखारको पक्षमा पनि कीर्तिमान बन्यो–खेल जीवनकै पहिलो शतक । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।

    २८ ओभरसम्म संयमित भएर खेलेको नेपाल त्यसपछि भने खराब प्रदर्शन गर्न पुग्यो । नेपालले कमजोर बलिङ र फिल्डिङ गरेकै कारण पाकिस्तानले विशाल स्कोर बनाउन सकेको हो । बाबर वा इफ्तिखारमध्ये कुनै एकको पनि विकेट समयमै लिन सकेको भए नेपालले धेरै ठूलो रनको चुनौती पछ्याउनुपर्ने थिएन । बलिङ र फिल्डिङ मात्र होइन नेपालले ब्याटिङतर्फ पनि आफ्नो विगतको खेल प्रदर्शनलाई कायम गर्न सकेन ।

    नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान पौडेलको विकेट लिए । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए । यस्तै पौडेल बिना रन बनाइकन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे ।

    क्रिकेट समीक्षकहरुका अनुसार नेपालले गल्तीबाट सिक्ने चेष्टा गरेन । फिल्डिङ त प्रभावकारी रहेन नै, बलिङ पनि परिणाममुखी हुन सकेन । त्यस्तै ब्याटिङक्रम पनि चल्न सकेको देखिएन । सोमपाल कामी (२८), आरिफ शेष (२६) र गुलसन झा (१३) बाहेक कसैले पनि दोहोरो अङ्कमा स्कोर बोर्डमा योगदान पु¥याउन सकेनन् ।

    एसोसिएट राष्ट्रको हैसियतबाट पहिलोपटक खुड्किला उक्लिएको नेपालले एकै पटक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेस्ट क्रिकेटमा राम्रो अनुभव सँगालिसकेका देशसँग खेल्न पाउनु अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । यस आधारमा नेपालको पाकिस्तानसँगको पराजय धेरै बढी अनपेक्षित र अस्वभाविक होइन । तर यति धेरै अन्तरले पराजय बेहोर्नुपर्ने स्थिति पनि होइन् । क्रिकेट समीक्षक विश्वमणि दाहाल भन्छन्– “नेपाल सायद मनोवैज्ञानिक रुपमा पो कमजोर भयो कि ? सीप र क्षमताका आधारमा नेपाललाई कमजोर टोली मान्न सकिन्न ।”

    नेपाली खोलाडीमा उत्साह त थियो तर त्यस उत्साहका भरमा आफ्नो पक्षमा परिणाम रुपान्तरण गर्न आवश्यक पर्ने अनुभवको कमी थियो । र यही अनुभवजन्य सीपमा नेपालपछि पर्दा पाकिस्तान विजयी भएको क्रिकेटका विश्लेषक बताउँछन् ।

    नेपालले सन् २००२ मा भएको आइसीसी यु–१९ वल्र्डकपमा पाकिस्तानलाई पराजित गरेको थियो । नेपालले उक्त खेलमा पाकिस्तानलाई ३० रनले हराएको थियो । नेपालले त्यो बेला पाकिस्तानलाई हराएर विश्वमै सनसनी मच्चाएको थियो । त्यो खेललाई नेपाल र पाकिस्तानका खेलाडी सम्झिरहेका थिए । त्यसलै मङ्गलबार सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै पाकिस्तानका कप्तान बाबरले नेपालसितको खेललाई सहजरुपमा नलिने बताएका थिए ।

    नेपालको विगतको प्रदर्शन सम्झिँदै कप्तान पौडेलले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका थिए । तर खेल हो, जहाँ सधैँ जितैजित मात्र पनि हुँदैन । सधैँ पराजय मात्र पनि भोगिँदैन । अब नेपाल पाकिस्तानसितको खराब प्रदर्शनलाई बिर्सिदै भारतसितको खेलमा फेरि लयमा फर्किने योजनाका साथ मैदानमा उत्रिन चाहन्छ । र पक्कै पनि नेपाली टोली आफ्ना प्रशंसकलाई निराश बनाउन चाहँदैन ।

    क्रिकेटमा नेपालका तीनवटा सपना छन् । एउटा एसिया कप क्रिकेट, दोस्रो विश्वकप क्रिकेट प्रतियोगिता तथा तेस्रो टेष्ट राष्ट्रका रुपमा मान्यता प्राप्त गर्नु । बुधबार पाकिस्तानसित खेलेर नेपालले एसिया कप खेल्ने सपना पूरा गरेको छ । अब बाँकी दुई सपना पूरा गर्नबाट पनि नेपाल टाढा छैन । निकट भविष्यमै नेपाल ती दुवै लक्ष्य पूरा गर्ने बाटोमा अग्रसर भएर लागेको छ । भनिन्छ, लक्ष्य पछ्याउँदै गए एक न एक दिन पक्कै पूरा हुन्छ । रासस

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.