• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

कटुवाल प्रथामा प्रविधिको प्रयोग


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) १९ भदौ

    Advertisement

    बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो ।

    गाउँलेको भेलाले दुई÷दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खासगरी कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।

    बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुवाल हुँदा उसको आयआर्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो समय विभिन्न जातजाति र समुदायका मानिसले अन्त्य गर्नुपर्ने माग राख्दै आएका छन् ।

    विषेशगरी कटुवालले गाउँमा हुने सार्वजनिक कार्यक्रम, सामाजिक कामलगायत कार्यको सूचना गाउँलेलाई घर–घर गएर दिने काम गर्दछन् भने अग्लो डाँडामा गएर हाँको हालेर (चर्को स्वरमा कुर्लिनु) जानकारी दिनुपर्छ । पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुवालले टाढा–टाढा पुगेर सूचना दिने गर्दथे भने अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गरिन्छ ।

    बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा केही महिना अगाडि स्थानीय नरबहादुर विकलाई गाउँलेले नयाँ कटुवाल बनाए । सामान्य परिवारका विकलाई गाउँलेले कटुवालमा चुनेपछि उहाँको आयआर्जनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । एक सय चार घर परिवार रहेको बडाचौरमा कुटुवाल विकले सबैलाई सार्वजनिक कार्यक्रमको सूचना दिनुपर्ने हुन्छ । उहाँले सूचना दिएबापत हरेक बाली भित्र्याउने बेलामा गाउँलेले एक पाथी अन्न र चाडपर्वमा एक माना चामल दिने गर्छन् । वर्तमान अवस्थामा पहिलेको जस्तो जटिल काम गर्न नपर्ने कटुवाल विकको भनाइ छ ।

    उहाँले भन्नुभयो, “अहिले त धेरै सजिलो बनाएको छ मोबाइलले, हामीले जान्दा खेरी हाम्रा अग्रज कटुवाल बनेर काम गर्नुभएको देख्दा निकै गाह्रो लाग्थ्यो, उतिबेला कसैको हातमा मोबाइल थिएन, ठूलो कार्यक्रम, पूजाआजा हुँदा सबैको घरमा गएर जानकारी दिनुपथ्र्यो, डाँडामा गएर हाँको हाल्नु पथ्र्यो, अहिले मोबाइलमा रु एक सयको रिचार्ज ग¥यो भने सबैलाई घरबाटै फोन गरेर सूचना दिन सकिन्छ, नजिक–नजिकमा घरमै पुगेर जानकारी गराए पनि भयो ।”

    कटुवाल बडाचौर मात्रै होइन झिम्पा, ओखरेनी, निसी, भल्कोट, थापागाउँलगायत निसीखोलाका सबै गाउँमा कटुवाल छन् । जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पनि प्रचलन अझै कायमै छ । ठूलो गाउँ, नजिक–नजिक घर भएको हुँदा सूचना आदानप्रदान गर्न र सामाजिक काम गर्न सहज भएको हुँदा कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

    अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिराख्नुभएको छ । बुढा मगरले पाँच वर्षदेखि कटुवालको काम गर्दै आउनुभएको छ । गाउँलेले आफूलाई विश्वास गरेर कटुवाल बनाएको हुँदा जिम्मेवार भएर काम गरिरहेको बुढा मगर बताउनुहुन्छ ।

    हरेक चार÷चार वर्षमा नयाँ कटुवाल बनाउने गाउँलेको नीति रहे अहिलेसम्म आफू नै कटुवालको काम गरिरहेको उहाँको भनाइ छ । तमान गाउँमा तीन सय ७४ घरधुरी छन् । सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पु¥याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिलेलगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उहाँले बताउनुभयो । गाउँमा एक जना मुखियासमेत हुनुहुन्छ । मुखियाले दिएको आदेशअनुसार आफूले गाउँलेलाई सूचना दिने गर्दै आएको उहाँको भनाइ छ ।

    रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पु¥याउने काम गर्दै आउनुभएको छ । पहिले–पहिले गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिन घरमै पुग्नु परे पनि अहिले फोन गरेरै सूचना दिने गरेको उहाँको भनाइ छ । परम्परादेखि चल्दै आएको गाउँको परम्परालाई आफूले पनि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकामा आफू खुसी रहेको उहाँको भनाइ छ ।

    “यो प्रथा हामीले सुरुवात गरेका होइनौँ, यो त हाम्रा पुर्खाले सुरुवात गरेको प्रचलन हो, यसलाई हामीहरुले चटक्कै छाड्न त भएननी, बाउ, बाजेको पालामा अहिलेको जस्तो मोबाइल, रेडियो, टेलिभिजनको जमाना थिएनन्, सूचना पाउने र दिने कुनै माध्यम नहुँदा उहाँहरुले यो प्रथाको सुरुवात गर्नुभएको रहेछ”, कटुवाल बुढा मगरले भन्नुभयो, “अहिले त धेरै विकास भयो, सबैले मोबाइल चलाउँछन्, घरघरमा टिभी हेर्छन्, रेडियो सुन्छन्, पहिलेको जस्तो टाढा–टाढा पुगेर सूचना दिने काम अहिले गर्नु परेको छैन, गाउँका सबैको नम्बर राख्यो, काम पर्दा फोन गरेर सूचना दिए हुन्छ ।”

    उहाँले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट रु दुई सय पाउनुहुन्छ । तमान गाउँबाट रूपलालले वार्षिक रु ७४ हजार आठ सय प्राप्त गर्नुहुन्छ । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उहाँको भनाइ छ । रुपलालको कार्यकाल सकिएको हुँदा गाउँलेले अब नयाँ कटुवाल बनाउने छन् ।

    गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले समाजमा परम्परादेखि चल्दै आएका संस्कार संस्कृति र परम्परा एकै पटक हटाउँदा समस्या हुने हुँदा विस्तारै हट्दै जाने बताउनुभयो । दशकौँ अगाडिदेखि चल्दै आएका कुप्रथाको अन्त्य भएको भन्दै कटुवालले समाजमा सकारात्मक सन्देश दिइराखेको हुँदा अहिलेसम्म निरन्तरता पाएको अध्यक्ष बुढा मगरको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हामीले समाजमा रहेका कुप्रथालाई प्रोहोत्सान दिने संरक्षण गर्ने कुरा त भएन, तमानखोलामा त्यस्ता प्रथा पनि छैनन्, अहिलेसम्म रहेको यही कटुवाल प्रथा हो, यसले समाजलाई नकरात्मकभन्दा सकरात्मक प्रभाव पारेको छ, सूचना प्रवाह गर्ने विषय गलत होइन, यो यहाँ मात्रै होइन, बागलुङका अधिकांश गाउँमा प्रचलनमै छ, सूचना प्रविधिको विकास भएको छ, अब बिस्तारै यसको अन्त्य होला ।” रासस

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.