• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • जनकपुरधाम ३१ भदौ 

    Advertisement

    पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।

    सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ भन्दा अचम्म लागेको थियो । दुई सन्तानकी आमा भइसकेकी बुहारी पाठशाला जाने भनेपछि उहाँका सासूससुरालाई त सोनालीभन्दा बढी अचम्म लागेको थियो ।

    “सन्तानलाई पढाउने बेला आफूले पाठशाला जानुपर्छ भनेपछि कसलाई अचम्म नलाग्ला ? सुरुमा त अफ्ठ्यारो मानिमानी पाठशाला गइयो । यहाँ आएपछि पो थाहा भयो, यहाँ त अक्षर होइन आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पढाइ हुनेरहेछ”, सोनालीले भन्नुभयो, “विस्तारै बानी लाग्यो, सरसफाइ, बानीव्यहोरा, सन्तुलित खानपिनका बारेमा जानकारी पाउन थालँे, जसले गर्दा मेरो कुपोषित बच्चा र म स्वयंको पोषण सुधारका लागि ज्ञान पाएँ ।”

    सोनालीका अनुसार पोषण पाठशालामा आउँदा उहाँको छोराको स्वास्थ्य जाँच हुँदा कुपोषित रहेको र आमाले पोषणयुक्त खानपिन नखाएका कारण यस्तो समस्या भएको सुनाइएको थियो । अहिले भने पाठशालामा पढेको कुरा व्यवहारमा लागू गरेपछि छोरा सुपोषित भएकामा सोनाली दङ्ग हुनुहुन्छ ।

    यस्तै समस्या सोही ठाउँकी पिङ्की महतोलाई पनि थियो । “सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ । अहिले मेरो कुपोषित बच्चा सुपोषित छ”, महतोले भन्नुभयो ।

    अमिरकला कुमारी साहले पनि आफ्नै बारीमा सजिलै पाइने खानेकुराबारे जानकारी नहुँदा पोषणमा समस्या भोग्नुपरेका आमा तथा बच्चामा पाठशाला गएपछि चेतनामा वृद्धि भएको धारणा राख्नुभयो ।

    पिङ्की, पुनम र अमिरकलाजस्तै यो समूहका २५ जना सुत्केरी र गर्भवती आमालाई दुई वर्षसम्म पठनपाठन गराइएको थिएन । सहजकर्ता पुनम झाले सुरुका कैयन दिन घरघरमा गएर पाठशाला जाँदाका फाइदा र यहाँ सिकाउने कुराबारे जानकारी गराउनुभएको थियो ।

    पुनमले सुरुका दिन सम्झिँदै भन्नुभयो, “सुरुमा घर–घर गएर सम्झाउँदा पनि कोही घरबाहिर निस्किन मान्दैनथे । आमाले माने पनि घरका अभिभावकले किन जानुपर्यो, किन पढ्नुपर्यो भनेर अवरोध गर्ने समस्या थियो तर धेरै सम्झाएपछि यहाँ आउन थाल्नुभएको हो ।”

    सुरुका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको पुनमको मानसपटलमा ताजै छ । “उहाँहरू कडा अनुशासनको नाममा घरबाट सित्तिमित्ति ननिस्किने, निस्के पनि अनुहार छोप्ने, खुलेर कुरा नगर्ने समस्या थियो । सबैभन्दा ठूलो समस्या त संस्कारका नाममा आफ्नै घर र बारीमा रहेका पोषिला खानेकुरा नखाने, सागपात, कुखुरा, हाँसलगायतको मासुसमेत खानुहुन्न भन्थे । गर्भावस्था वा सुत्केरीको समयमा सामान्य अवस्थाभन्दा बढी र सन्तुलित खानापानमा ध्यान दिने कुरा त धेरैलाई थाहा नै थिएन । थाहा भएकाहरू पनि आर्थिक अभाव देखाएर खान नसकिने बताउँथे तर पाठशालामा आइसकेपछि भने अहिले धेरै सुधार भएको छ”, पुनमले सुनाउनुभयो ।

    धनुषा र महोत्तरीमा ३६ पोषण पाठशाला

    कार्यक्रम कार्यान्वयन गरिरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ धनुषाका प्रमुख सुकेश्वर झाले आयोजनाको लाभग्राहीका रूपमा रहेका आर्थिक र सामाजिकरूपमा पछि परेका महिला, भूकम्प र बाढीपीडित, गरिब, आद्य असुरक्षित, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको जानकारीदिनुभयो ।

    आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको यो कार्यक्रमले मातहतका दुई जिल्लाका चार पालिकामा प्रभाव क्षेत्रका साना कृषक समुदायको जलवायु समायानुकूलनमा सुधार, कृषि उत्पादकत्वमा वृद्धि र पोषण सुधारमा काम गरिरहेको आयोजना प्रमुख झाले बताउनुभयो । परियोजनाको महत्त्वपूर्ण क्रियाकलापमध्ये पोषण सुरक्षामा सुधारअन्तर्गत यी दुई जिल्लामा दुई सय ३० पोषण समूह गठन गरी तीमध्ये सुनौला हजार दिनका आमाहरू तथा २४ महिनासम्मका बच्चाहरूमा पौष्टिक आहार खाने दरमा सुधार ल्याउन ३६ समूह बनाई पाठशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    ती समूहलाई दुई वर्षसम्म २४ पटक (महिनामा एकपटक) पोषणको अवस्था विश्लेषण गरी परिकार बनाउने, हरेक दिन चारपटक खानुपर्ने फरक–फरक खाना, मातृशिशु स्वास्थ्य र सामाजिक व्यवहार सुधारबारे सिकाएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यही सिकाइले गर्दा नौ जना मध्यम शीघ्र कुपोषित बच्चा सुपोषित अवस्थामा फर्के भने समूहका नौ सय जना आमाको स्वास्थ्य, खानपानको व्यवहार परिवर्तन, स्थानीय उत्पादनको उपयोग र जङ्कफुड प्रयोगमा नियन्त्रण भई प्रत्यक्ष लाभान्वित भए ।”

    पोषण पाठशालामा स्थानीय उत्पादन फर्सीको खिर, पराठा, पोषिलो जाउलो, लिटो, प्यानकेक, घरबारी पोषण बगैँचा स्थापना, कुखुरा तथा हाँसका चल्ला वितरण गरी महिला तथा बालबालिकालाई पोषणयुक्त तरकारी, फलफूल, अण्डा र मासुलगायत आवश्यक स्वच्छ आहार उपभोगमा अभिप्रेरित गरिएको कृषि अधिकृत रितेशकुमार झाले बताउनुभयो । स्थानीय सहजकर्ता पुनम झाले अहिले पाठशालामा पढेका आमामार्फत टोल–टोलमा पोषण शिक्षा सिकाई विस्तार भइरहेको बताउनुभयो ।

    एक सय ६८ कृषि र ६१ पशु पाठशाला

    पोषण समूहजस्तै आयोजनाले कृषिमा बालीतर्फ दुई सय ३२ र पशुपक्षीतर्फ दुई सय दुई गरी चार सय ३४ समूह गठन गरेको छ । त्यसमध्ये हालसम्म ४१ वटा पशु, एक सय ६८ वटा कृषक र १२ वटा कृषि व्यवसाय पाठशाला सञ्चालन गरिएका छन् ।

    यी पाठशालामा खाद्यान्न बीउ उत्पादन, डुबान तथा सुक्खा सहने धान तथा गहुँ बालीको उन्नत बीउ वितरण, संरक्षण, रोपण तथा रेखदेख, पुशपक्षीको गोठ सुधार तथा गोठेमल व्यवस्थापन, नश्ल सुधारमार्फत मासु तथा दूध उत्पादनमा गुणस्तरीय सुधार, तरकारीमा मौसमी र बेमौसमी तरकारीका उन्नत बीउ वितरण र त्यसको प्रयोगबारे सिकाउने गरिएको कृषि अधिकृत झाले जानकारी दिनुभयो ।

    मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ निवासी सहारा कृषक समूहका अध्यक्ष विजय यादवले उन्नत बीउबिजन, किटनाशक औषधि र अनुदानमा कृषि उपकरण उपलब्ध भई त्यसको प्रयोगले उत्पादन बढाउनमा सहयोग पुगेको जानकारी दिनुभयो । उहाँले पहिले धान र गहुँखेती गर्न पनि अरु जिल्ला र छिमेकी भारतीय बजारबाट बीउ ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले भने समूहमा आबद्ध किसानले आफूलाई पुग्ने र अरुलाई बेच्न मिल्ने गरी बीउ संरक्षण गर्न सफल भएको बताउनुभयो ।

    त्यसैगरी पहिले आफूलाई खान पुग्ने तरकारी पनि उत्पादन गर्न कठिन हुने गरेकामा अहिले हिउँदे तथा वसन्ते तरकारीबाट चारै गाउँपालिकाका लक्षित किसानले राम्रो आम्दानी गरिरहेका छन् । गत आव २०७९÷८० मा तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाट पाँच प्रतिशत घरायसी खपतमा प्रयोग गरी रु १५ करोड बराबरको तरकारी बेचेर आम्दानी गरेको परियोजनाको तथ्याङ्क छ ।

    त्यसैगरी पशुपक्षीतर्फ नश्ल सुधार र दूध उत्पादनका लागि उन्नत जातको बोयर बोकालगायत आवश्यक पशुको मूल बीउ वितरण तथा त्यसको क्रसबाट कसरी लाभ लिने भन्ने विषयमा सिकाउने गरिएको छ । आयोजनाले बाख्राको नश्ल सुधारका लागि बोयर जातको बोका चार पालिकामा दुई–दुईवटाको दरले प्रदान गरेपछि अहिले बाख्राको नश्लमा सुधार आएको मुखियापट्टी गाउँपालिकास्थित श्री तराई बाख्रा समूहका अध्यक्ष रामनन्द यादवले जानकारी दिनुभयो । उहाँले आफूसँग भएको बोयर बोकाबाट मात्र तीन सय ७५ वटा स्थानीय बाख्रामा गर्भाधान गराएर बाख्राको नश्ल सुधार गराएका र नश्ल सुधारपछि बाख्राको दुई गुणाले वृद्धि भई किसानको आयआर्जनमा सुधार भएको बताउनुभयो ।

    विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन कोषबाट प्राप्त आर्थिक सहयोग, विश्व बैंकको सुपरीवेक्षण र खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा आव २०७५÷७६ देखि २०८०÷८१ सम्म सञ्चालन हुने यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजनामार्फत कार्यान्वयन गरिरहेको छ । यसको कार्यक्षेत्रका रूपमा देशभरका आठ जिल्लाका १६ वटा पालिका रहेका छन् । त्यसमध्ये मधेस प्रदेशका चार जिल्लाका आठ पालिकामा कार्यक्रम कार्यान्यनमा छ । आयोजना क्लष्टर एकाइ धनुषाले धनुषाका दुई पालिका धनौजी र मुखियापट्टी मुसहरनियाँ, महोत्तरीका पिपरा र एकडारा गाउँपालिका तथा आयोजना क्लष्टर एकाइ सप्तरीले सप्तरीका विष्णुपुर र राजगढ तथा सिरहाका औरही र बरियारपट्टी गाउँपालिकामा कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । रासस

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.