बन्दिपुर ,राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले खेलकुदले युवाको सर्बाङ्गीण बिकास गर्ने बताउनुभएको छ ।उहॅाले गोरखाली युवा क्लव बन्दिपुर(४ भुमर्सेद्वारा आयोजित भलिबल प्रतियोगिता एबं सांस्कृतिक कार्यक्रम उद्घाटनमा बोल्दै यस्तो बताउनुभएको हो ।
बस्नेतले खेलकुद जिवनको आधार भएको दाबी गर्नुभयो । भलिवल खेलमा १७ टिम सहभागी थिए ।भलिबलमा सुकौरा युवा कलब पहिलो भएको छ आयोजक टिम गोर्खालि युवा क्लब दोस्रो भयो भने सेराटार युबा क्लव तेस्रो भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि रेशम गुरुङ , अतिथि बन्दिपुर गाउॅपालिकाका प्रमुख प्रसासकिय अधिकृत नबेश राज हमाल , समाजसेबि प्रेम बानिया र शन्कर बानिया रहनुभएको थियो ।
हरितालिका तिजको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष जगतलाल थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।




