• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • बागलुङ १४ असोज 

    Advertisement

    राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।

    सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुुवागतिमा भइरहेको छ । कलिपलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने उक्त सडकखण्डमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम निर्माण कम्पनीले गरिरहेको सालझण्डी–ढोरपाटन आयोजना कार्यालयका इञ्जिनियर सरोज आचार्यले बताउनुभयो ।

    पर्यटकलाई सहज रुपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिदा यातायातका साधान गुड्न नसकेका स्थानीय बताउँछन् ।

    “कूल एक सय ९१ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ ।” बाँकी ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण रहेको इञ्जिनियर आचार्यले बताउनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्नका लागि गतवर्ष कार्तिकमा सम्झौता भएको थियो ।

    सडक खुलेको दशक बित्नै लाग्दा पनि स्तरोन्नति हुन नसक्दा आवागमनमा सास्ती हुने गरेको निसीखोलाका चुराबहादुर कुँवरले बताउनुभयो । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा काम हुन नसकेको उहाँको भनाइ थियो । उक्त खण्डमा हालसम्म करिब ३० प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ ।

    “यस खण्डमा दैनिक सयौँ स्थानीय तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आयोजनाको बुर्तिबाङ–ढोरपाटन खण्डअन्तर्गत बोबाङमा तीन वर्ष अगाडि आएको बाढीले धेरै स्थानमा सडक बिगारेको थियो”, कुँवरले भन्नुभयो, “बाढीले क्षति पु¥याएको खण्डमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।”

    सडक समयमै स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ तथा निसीखोला गाउँपालिका–७ का स्थानीयवासी बढी मर्कामा परेका उहाँले बताउनुभयो । सडक सहज नहुँदा गाउँबाट बुर्तिबाङ बजार झर्न निकै मुस्किल पर्ने गरेको उहाँको भनाइ थियो ।

    कुँवरले निसीखोलाको राजकुट, हर्पे, कुडुला, ढालपानी लगायतका गाउँमा बुर्तिबाङ बजारबाटै दैनिकी उपभोग्य सामान ल्याउनु पर्ने भन्दै सडकका कारण महँगो भाडा तिर्न बाध्य भएको बताउनुभयो । साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न पनि जोखिमपूर्ण रहेको उहाँको भनाइ थियो ।

    “सडक खुलेको आठ वर्ष भइसकेको छ, अहिलेसम्म जस्ताको त्यस्तै छ, पैदल हिँड्न पनि गाह्रो हुने सडकमा गाडी कसरी गुड्छन् ?”, कुँवरले भन्नुभयो, “बर्खाको तीन÷चार महिना त गाडीनै चल्दैनन्, बाटो अप्ठ्यारो हुँदा गाडी भाडा र सामान ढुवानी गर्दा महँगो रकम तिर्नुपरेको छ । बुर्तिबाङ बजारबाहेक अन्य ठाउँबाट सामान ल्याउनसक्ने अवस्था छैन, सडक छिटो बने बजारबाट ल्याउने सामानको मूल्य सस्तो हुने थियो ।”

    ढोरपाटन नगरपालिका–९ का पूर्णबहादुर सुनारले काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा आफूहरुले समस्या खेप्नु परेको बताउनुभयो । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका भन्दै सडकका कारण दोस्रो पटक नआउने उहाँको भनाइ थियो ।

    बुर्तिबाङदेखि ढोरपाटन देउरालीसम्मको सडक समयमा सम्पन्न भए स्थानीय र पर्यटकलाई सहज हुने सुनारले बताउनुभयो । सडकका कारण ढोरपाटनमा उत्पादन भएका स्याउ र आलुको बजारीकरणमा समेत समस्या हुने गरेको उहाँको भनाइ थियो ।

    “यो बाटो खुलेदेखि यहाँ धेरै पटक दुर्घटना भयो, बाटो साँघुरो छ, मान्छेलाई गाडी चड्नै पर्छ, यति ठूलो आयोजनामा किन सरकारले ध्यान नदिए होला ?, हामी धेरै मारमा परेका छौँ, सडक छेउमा रहेको घरमा हिउँदमा धुलो र बर्खामा हिलोले हैरानै बनाउँछ”, सुनारले भन्नुभयो, “धेरै किसानले ढोरपाटनमा आलु, स्याउ र सिमी उत्पादन गर्छन्, बजार ल्याउन बोकेर सकिदैन, गाडीमा ल्याउँदा मूल्यभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ । बाटो पिच हुन्थ्यो भने एक घण्टामै बुर्तिबाङदेखि ढोरपाटन पुगिन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो, बाहिरबाट घुम्न आउने पर्यटकलाई पनि सहज हुने थियो ।”

    सडकले बागलुङको निसीखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिका गरी तीन पालिका जोडेको छ । बागलुङ बजारदेखि बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन खण्डमा यात्रा गर्न निकै कष्टकर हुने गरेको स्थानीयको भनाइ थियो ।

    सरकारले सडक स्तरोन्नतिका लागि रकम विनियोजन गरेको आयोजनाका इञ्जिनियर आचार्यले बताउनुभयो । गतवर्ष कार्तिकमा बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्म २२ किलोमिटर सडक स्तरोन्नतिका रू २३ करोडमा ३० महिनामा सक्ने गर्ने गरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

    सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको आचार्यको भनाइ थियो । उहाँका अनुसार निर्माण कम्पनीले केही महिना काममा ढिलाइ गरे पनि अहिले तीव्रता दिइरहेको छ । सडकको ट्र्याक आर्थिक वर्ष २०७२÷७३ मा खुलेको उहाँले जानकारी दिनुभयो ।

    निर्माण कम्पनीको म्याद अझै एक वर्षसम्म रहेको भन्दै नियमित काम गरे आगामी वर्षसम्म सम्पन्न हुने इञ्जिनियर आचार्यले बताउनुभयो । निर्माण कम्पनीले पनि समयावधिभित्रै काम सक्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ थियो ।

    “हरेक वर्ष यस आयोजनाका लागि बजेट घटिरहेको छ । गत वर्ष रू ४० करोड विनियोजन भएकामा यसवर्ष रू १७ करोड मात्रै विनियोजन भएको छ । यति बजेटले कहाँ–कहाँ काम गर्ने ?, अप्ठ्यारा ठाउँमा सजिलो बनाउने काम भइरहेको छ,” इञ्जिनियर आचार्यले भन्नुभयो, “अहिलेसम्म २२ किलोमिटर सडक कालोपत्र भएको छ । बागलुङ खण्डमा भएको कालोपत्र मध्यपहाडी लोकमार्गले गरेको छ ।” लोकमार्ग र हाम्रो आयोजना एकै ठाउँमा पर्छ । उहाँले पाँच किलोमिटर कपिलवस्तु, १३ किलोमिटर अर्घाखाँची र चार किलोमिटर बागलुङमा कालोपत्र भएको जानकारी दिनुभयो ।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.