काठमाडौं १७ कात्तिक
आईसीसी टी–२० विश्वकपमा छनोट हुन निर्णायक एसिया छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई जितका लागि १ सय ३५ रनको चुनौती दिएको छ ।मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको हो। यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।त्यस्तै, अर्को सेमिफाइनलमा बहराइनले ओमनलाई १०७ रनको लक्ष्य दिएको छ। बहराइनका लागि अम्रान अलिले ३०, अह्मेर विन नासिरले २६ र सर्फराज अलिले २३ रन बनाए।
ओमनका लागि अकिब अल्यासले चार, शकील अह्मदले दुई, बिलाल खान, फयाज बट र जीसम मक्सुदले एक–एक विकेट लिए।




