• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : मन्त्री बस्नेत


  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
  • जाजरकोट २३ कात्तिक 

    Advertisement

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्र्रियामा उहाँले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताउनुभयो ।

    पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उहाँको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उहाँले बताउनुभयो ।

    सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उहाँले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताउनुभयो । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताउनुभयो । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उहाँले बताउनुभयो ।

    जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराउनुभयो । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उहाँको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो ।

    मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिनुभयो । सुरक्षाकर्मी मित्रको पु¥याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उहाँले विशेष धन्यवाद दिनुभयो ।

    विद्यालयमा टहरा बनाएर पढाउने योजनामा स्थानीय तह

    तिहारलगत्तै खुल्ने तरखरमा रहेका सामुदायिक विद्यालयमा भूकम्पले क्षति बनाएपछि तत्काल कसरी पठनपाठन सुरु गर्ने भन्नेमा स्थानीय तह समस्यमा परेका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मा रहेकाले तिहारलगत्तै विद्यालय खोल्नुपर्ने अवस्था छ ।

    भूकम्पले अधिकांश विद्यालयमा क्षति हुनुका साथै चिसोयामका कारण अर्को समस्य थपिने भएकाले शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयमा बहस हुन थालेको छ । अधिकांश घर बस्न योग्य नभएको अवस्थामा विद्यालयसमेत भत्किएपछि विद्यार्थी चर्को समस्यमा परेका छन् ।

    शैक्षिक क्रियाकलाप अगाडि बढाउनका वैकल्पिक टहरा निर्माण गरेर विद्यालय खोल्ने योजनामा रहेको स्थानीय तहले बताएका छन् । रूकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताउनुभयो । “अहिले उद्धारम लागि परेका छौँ । अब तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    आठबिसकोटमा ६७ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमले जनाएको छ । इकाइ प्रमुख ताराप्रकाश पुनमगरले प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

    नलगाड नगरपालिकामा पनि वैकल्पिक तरिकाले विद्यालय सञ्चालनमा ल्याइने नगरप्रमुख डम्बर रावतले बताउनुभयो । पठनपाठन सञ्चालनकाबारे प्रदेश सरकार, विभिन्न सङ्घसंस्थासँग छलफल गरेर भौतिक संरचनाभन्दा पनि, टहरालगायत उपाय अपनाएर गर्ने योजनामा रहेको उहाँको भनाइ थियो । नलगाढ बढी भूकम्पबाट प्रभावित क्षेत्र हो ।

    नगरप्रमुख रावतका अनुसार उक्त नगरपालिकाभित्र ३४ विद्यालय पूर्णरूपमा क्षति भएका छन् । जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा भूकम्पबाट दुई सय सात सरकारी विद्यालयमा क्षति भएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा एक सय ५२ विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमका इकाइ प्रमुख पुनमगरले भूकम्पबाट ३८ विद्यालयमा पूर्ण र १७ विद्यालयमा आंशिक क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी नगरपालिकामा दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा १७ वटामा क्षति भएको छ ।

    नलगाड नगरपालिकामा १२ विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा २१ वटामा क्षति पुगेको छ । छेडागाडमा तीन, कुशेमा चार र बारेकोटमा पाँच विद्यालय विद्यालय पूर्णरूपमा भत्किएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक र जुनिचाँदे गाउँपालिकामा २३ विद्यालयमा पूर्ण क्षति भएको छ ।

    रुकुमको आठबिसकोटको माथिल्लो डोल्पासँग जोडिएको भागमा, जाजरकोटको नलगाड नगरपालिकाको माथिल्लो भागमा तथा बारेकोट गाउँपालिकामा बढी चिसो तथा हिमपात हुने गर्दछ । घरविहीन भएका बालबालिका अस्थायीरुपमा निर्माण गरिएका टहरामा गएर शिक्षा लिने सम्भावना बढेको छ । यसरी शैक्षिक क्रियाकलाप अगाडि बढाउँदा बालबालिकाको दिमागका कति मनोवैज्ञानिक त्रास होला भन्ने अर्को प्रश्न उठेको छ । अहिले पनि समयसमयमा बालबालिका झस्किने गरेका स्थानीय बताउँछन् ।

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.