चितवन २४ कात्तिक
नेपाली कांग्रेस चितवनले स्थानीय जनप्रतिनिधिसंग समन्वय गर्न उच्चस्तरीय समिति निर्माण गरेको छ । उपसभापति राजीव न्यौपाने संयोजक रहेको समितिको सदस्यहरुमा नवीनराज पौडेल र ज्ञानेन्द्र गिरी रहनुभएको छ ।
चितवन कांग्रेसको गत भदौमा सम्पन्न प्रथम सम्मेलनको राजनीति प्रतिवेदनको बुंँदा नम्बर १.११ को निर्णय पारित गरे बमोजिम समिति निर्माण गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
पार्टीको आश्विन ८ गते बसेको बैठकको निर्णय अनुसार नेपाली कांँग्रेस चितवनका नगर, प्रदेश र क्षेत्रीय कार्यसमिति परामर्श गरी समिति गठन गरिएको खनालले बताउनु भयो ।




